बन्द रहेको वीचिकाली संचालनमा आउने

Posted on
  • Jan 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ माघ/ उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले बन्द रहेको वीरगंज चिनी कारखाना लिमिटेड छिटै संचालन गर्ने बताएकी छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्साले होटल सम्झनामा आयोजित विशेष साक्षँत्कारमा बोल्दै उनले बन्द रहेको उद्योगहरुको निरीक्षण, अनुगमन गर्न वीरगंज आएको बताइन् ।
    शाक्यले भनिन- धेरै वर्षअघि बन्द रहेको वीरगंज चिनी कारखानालाई हिजो निरीक्षण गरेको छु र छिटै संचालनमा ल्याउने तयारी सरकारले गरिरहेको छ ।
    मन्त्री शाक्यले उद्योग र उद्योगपतिमाथि चन्दा, बम विस्फोट, हत्या, आतंकका घटना घटिरहेकोले कयौं उद्योग बन्द भएको बताउंदै औद्योगिक क्षेत्रहरुमा शान्ति सुव्यवस्था कायम गर्न, औद्योगिक सुरक्ष्ँा बल परिचालन गर्ने र उद्योगपति र मजदुरबीच देखिएको समस्यालाई अन्तर्रर्ााट्रय कानुन बमोजिम समाधान गर्ने बारेमा मजदुर, टे्रड युनियन र उद्योगपतिहरुबीच छलफल भइरहेको बताइन् ।
    सरकारले लोडसेडिङ कम गर्ने तयारी गरिरहेको मन्त्री शाक्यले बताइन ।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।

    0 comments: