हतियारसहित एक पक्राउ

Posted on
  • Oct 4, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १८ असोज/ बारा जिल्लाको अमृतगंजबाट सशस्त्र प्रहरीले हतियारसहित एक युवक पक्राउ गरेको छ ।
    आज बिहान सशस्त्र प्रहरी, बाराले अमृतगंज-३ निवासी मिश्रीलाल कुशवाहालाइ पक्राउ गरेको हो । कुशवाहाको साथबाट १ थान नलकटुवा पेस्तोल र २ राउन्ड गोली बरामद गरेको र आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाराको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

    करांते प्रतियोगिता सम्पन्न

    वीरगंज, १८ असोज/ दशैं र दिपावलीको अवसरमा पर्सर्ााजल्ला खेलकूद विकास समिति र कराते डोजोको संयुक्त आयोजनामा पहिलो पटक कराते प्रतियोगिताको सम्पन्न भयो ।
    आज वीरगंज-१३ स्थित खेलकूद भवनमा ३५ केजीदेखि ५५ केजी तौलसम्मका ७० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
    सो खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकूद परिषद्कासदस्य भूवनेश्वर ढकालले गरेका थिए ।
    प्रतियोगिता हर्ेन दर्शकहरुको ठूलो भीड लागेको थियो ।

    प्रशिक्ष्ँण कार्यक्रम


    वीरगंज, १८ असोज/ जिल्ला बाल कल्याण समितिमा अन्तरपार्टर्ीीहिला सञ्जाल केन्द्रीय समिति काठमाडौंद्वारा आयोजित प्रशिक्ष्ँण कार्यक्रम सुरु भएको छ । हिजोदेखि आरम्भ भएको सो प्रशिक्ष्ँण कार्यक्रम भोलिसम्म चल्नेछ ।
    २५ दलमध्ये ८ दलका २५ सदस्यहरु सहभागी रहेको सो प्रशिक्ष्ँण कार्यक्रममा राजनैतिक पार्टर्ीीमा महिलाहरुकोसंख्या न्यून भएकोले महिलाको राजनैतिक, बौद्धिक, व्यक्तित्व विकासको उद्देश्य लिएर आयोजना गरिएको हो । मधेशी महिला जन अधिकार फोरम नेपाल, पर्सर्ाा अध्यक्ष सुनीता साहले जानकारी दिनुभयो ।
    प्रशिक्षण कार्यक्रममा मधेशी महिला जन अधिकार फोरम, कांग्रेस, माओवादी, एमाले, जनमोर्चा, सद्भावना-महतो) लगायतका दलहरुले उक्त प्रशिक्षण लिइरहेका छन् ।

    विजया दशमीको अवसरमा शुभकामना कार्यक्रम
    वीरगंज, १८ असोज/ विजया दशमी, शुभ दीपावली, छठ र इदको अवसरमा विभिन्न संघसंस्थाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
    आज नेपाल विद्यार्थी संघ, पर्सर्ाा वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभासद्हरु अजय द्विवेदी, रमेश रिजाल, अजय चौरसिया, पार्टर्ीी्रतिनिधिहरु, संचारकर्मी, उद्योगी, व्यापारी र सुरक्ष्ँाकर्मीहरुको उपस्थिति रहेको थियो ।
    सो कार्यक्रम नेविसंघका केन्द्रीय सदस्य इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    त्यस्तै आवासको लागि सहयोग समूह लुमन्ति र शहरी गरिब सशक्तिकरण समाज -उप्स)ले शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला बाल कल्याण समितिको सभाकक्षमा सम्पन्न गर्‍यो ।
    प्रमुख अतिथि पर्सर्ाा प्रजिअ भोलाप्रसाद शिवाकोटी, समसुल होदा, लक्ष्मी खरेल, सरिता यादव, असगर अलिलगायतको सहभागिता रहेको सो कार्यक्रम उप्सका अध्यक्ष म. असलमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    यसैबीच नेपाल कारखाना श्रमिक संघ मध्यमाञ्चल क्षेत्रीय कार्यालय, वीरगंजले पत्रकार महासंघ, पर्सर्ााे सभाकक्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्‍यो ।
    कार्यक्रममा पुलीस यादव, रामनारायणप्रसाद कर्ुर्मी, दिलीप शर्मा बराल, छोटेलाल साह, शान्ति कार्की, चन्द्रनारायण सिंहलगायतले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रम नेकाश्रसंमक्षेका क्षेत्रीय सदस्य विजय पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    वीरगंजलाई मधेशको राजधानी बनाउछुः नेपाली

    वीरगंज, १८ असोज/ मधेशी जन अधिकार फोरम नेपालका केन्द्रीय सल्लाहकार सदस्य वीरेन्द्रलाल नेपालीले मधेशमा बस्ने सवै जाति, जनजाति मधेशी हो बताएका छन् ।
    आज मधेशी जन अधिकार फोरम नेपालको बेलवा गाविसमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने नेपाली कांग्रेसले मधेश र मधेशी जनताको सर्वोत्तम हितमा कुनै काम नगरेपछि मैले मधेशको राजधानी वीरगंजमा बनाउने प्रतिबद्धताका साथ फोरममा प्रवेश गरेको बताए ।
    बेलवा गाविसका पर्ूवअध्यक्ष एवं फोरम, पर्साका जिल्ला सदस्य जोखनदास थारुको सभापतित्वमा सम्पन्न सो कार्यकर्ता भेलामा हरेन्द्र सिंह, फोरम पर्सर्ाा अध्यक्ष शशिकपुर मियांले मन्तव्य राखेका थिए ।
    उमेशलाल सहनीले संचालन गर्नुभएको सो कार्यकर्ता भेलामा सुधीरप्रसाद, मुख्तार अंसारी, मदनप्रसाद चौहान, फिरोज मंसुर, विन्देश्वर यादव, प्रदीप यादव, हजारीप्रसाद, मोहन साह तुराहा, दिनेशचौरसिया, मनोज कलवार, सरोज गुप्ता, अजय यादव, रिपोर्टस कलब नेपाल पर्सर्ाा अध्यक्ष कन्हैया गुप्तालगायतको उपस्थिति रहेको थियो ।
    कार्यकर्ता भेलाले गठन गरेको फोरमको बेलवा गाविस एकाइ कमिटीका अध्यक्ष रामबालक साह, उपाध्यक्ष हविब अंसारी, सचिव मुस्ताक अंसारी, सहसचिव शेख महम्मद, कोषाध्यक्ष प्रयाग भण्डारी, सदस्यहरुमा शिव नारायण यादवलगायत २५ सदस्यीय छन् ।

    0 comments: