वीरगंज-सिमरा सडकखण्ड अवरुद्ध

Posted on
  • Aug 12, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २८ साउन/ सडक दर्ुघटनामा एक महिलाको मृत्यु भएपछि पीडित परिवारजनलाई क्षतिपर्ूर्ति र दोषीलाई कारबाहीको माग गर्दै पनि वीरगंज-सिमरा सडकखण्ड अवरुद्ध भएको छ ।
    आज पनि बारा, सिमरामा सडकबीचमा शव राखेर आन्दोलनमा उत्रेका स्थानीयवासीन्दाले सडक अवरुद्ध गरेका हुन् ।
    साउन २७ गते अमलेखगंजवाट वीरगंजतर्फजा“दै गरेको ना २ ख ३६५ नं.को ट्याङकरले ठक्कर दिंदा घाइते भएका वारा सिमरा-२ की चालीस बर्षर्ीी रम्भादेवी उप्रेतीको उपचारका क्रममा नारायण्ँी उपक्षेत्रीय अस्पताल वीरगंजमा मृत्यु भएको थियो।
    ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रण्ँमा लिइ आवश्यक कारबाही अगाडी बढाएको जनाएको छ ।

    वीरगंज खुल्यो
    वीरगंज, २८ साउन/ सवारी भाडामा सहुलियत नदिएको विषयलाई लिएर विद्यार्थीको आह्वानमा भएको अनिश्चितकाल वीरगंज बन्द संयुक्त विद्यार्थी संगठनले फिर्ता लिएपछि बीरगंज बजार सुचारु भएको छ ।
    आज बिहानैदेखि वीरगंजको जनजीवन सामान्य भएको छ ।
    बन्द खुलाउन विषयमा हिजो प्रमुख जिल्ला अधिकारी र संयुक्त विद्यार्थी संगठन वीचको सहमतिपछि बन्द फिर्ता लिएका हुन् ।
    ४८ घण्टा भित्रमा विद्यार्थीलाई कुटपिट गर्ने दोषीलाई कारबाही, सवारी भाडामा ४५ प्रतिशत विद्यार्थी सहुलियतको ग्यारेन्टी गरिनुपर्ने र निर्धारित सवारी भाडादर अंकित होडिंग बोर्ड ठाउं-ठाउंमा लगाउनुपर्ने विद्यार्थीहरुको माग पुरा गर्न प्रशासन सहमत भएको छ ।

    0 comments: