काठमाडौं, ६ भदौ । रिपोर्र्टर्स क्लब नेपालले सिटिजन बैंकको साझेदारीमा देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट प्रभावितको सहयोगार्थ रिपोर्र्टर्स क्लब नेपाल राष्ट्रिय विपत्ति सहयोग कोष स्थापना गरेको छ । आज स्थापना गरिएको कोषमा रिपोर्र्टर्स क्लब नेपालले रु ५० हजार र सिटिजन बैंकले रु एक लाख जम्मा गरेका छन् ।
क्लबका अध्यक्ष ऋषि धमला र सिटिजन बैंकका प्रमुख कार्यकारी निर्देशक राजनबहादुर भण्डारीले संयुक्त रुपमा कोष स्थापनामा हस्ताक्षर गरेका छन् । सहयोग गर्न चाहनेहरुले खाता नम्बर ००१००००४०४श द्य रकम जम्मा गर्नसक्ने क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रिपोर्र्टर्स क्लब नेपालले विपतमा परेकालाई मनमुटुबाट सहयोग गर्न आग्रह गरेको छ । बाढीपिडितलाई सहयोग गर्नेका लागि विभिन्न संचारमाध्यममा नाम प्रकाशन एवं प्रसारण गर्ने जनाइएको छ । साथै बाढीपिडितका लागि रु २५ हजार सहयोग गर्नेलाई यस वर्षआवश्यक पर्दा जुनसुकै समयमा निःशुल्क हल उपलब्ध गर्राई सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
रिपोर्टस् क्लबको प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
देशका विभिन्न भागमा आएको बाढीपहिरोका कारण हजारौं नेपाली विस्थापित भएका छन् । कोशीबांध भत्किदा आएको बाढीबाट मात्र ५० हजारभन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विस्थापित हुनुभएको छ । विनाशकारी घटनाबाट रिपोर्र्टर्स क्लब नेपाल अत्यन्त दुःखी भएको छ । कोशीका अलावा विभिन्न स्थानमा बाढीबाट पीडा भोग्नुभएकाको पीडा सिंगो नेपाल र नेपालीको पीडा हो भन्ने हाम्रो बुझाई छ । विपत्तिको यो घडीमा आम नेपालीले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बेला आएको छ ।
रिपोर्र्टर्स क्लब नेपालले कोशीको बाढीबाट विस्थापित भएकाको लागि विशेष सहयोग कार्यक्रम संचालन गरेको छ । क्लबले सहयोगका लागि सिटिजन बैंकसंगको साझेदारीमा रिपोर्र्टर्स क्लब नेपाल राष्ट्रिय विपत्ति सहयोग कोष स्थापना गरेको छ । कोषमा रिपोर्र्टर्स क्लब नेपालले रु ५० हजार र सिटिजन बैंकले रु एक लाख जम्मा गरेको छ । सहयोग गर्न चाहनेहरुले खाता नम्बर ००१००००४०४श द्य रकम जम्मा गर्नसक्नुहुनेछ । मनमुटुबाट विपतमा परेकाको सहयोगमा अग्रसर हुन सबैलाई आग्रह गर्दछौं । बाढीपिडितलाई सहयोग गर्नेका लागि विभिन्न संचारमाध्यममा नाम प्रकाशन एवं प्रसारण गर्नेछौं । साथै बाढीपिडितका लागि रु २५ हजार सहयोग गर्नेलाई यस वर्षआवश्यक पर्दा जुनसुकै समयमा निःशुल्क हल उपलब्ध गर्राई सहयोग प्रदान गर्ने घोषणा गर्दछ ।
मानवीय विपत्तिमा नेपालीलाई परेको विपत्तिमा सहयोगी भइदिनुहुने आशा राख्दछौं ।
मिति ः २०६५।५।६
ऋषि धमला, अध्यक्ष
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment