आज श्रीकृष्ण् जन्माष्टमी

Posted on
  • Aug 23, 2008
  • by
  • mukesh
  • in

  • वीरगंज, ७ भदौ/ भगवान श्रीकृष्ण्ँको पूजा आराधना गरी कृष्ण जन्माष्टमी वीरगंजलगायत मुलुकभर मनाइ“दैछ ।
    आज वीरगंजको गीता मन्दिरलगायत देशभरिका कृष्ण्ँ मन्दिरहरुमा दर्शनार्थीहरुको ठूलो घुइंचो लागेको छ ।
    धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्ँको रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । तिथिअनुसार आठ गते अष्टमी भए तापनि घडी पलाको हिसावले आज कृष्ण जन्माष्टमी हो । आज दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् ।
    कृष्णको आफ्नै मामा कंश जो राजा थियो- उसले गरेका अत्याचारले मानिसहरू आजित भएकाले उसलाई आफ्नै आठौं सन्तानको रूपमा जन्मने भान्जले मार्ने कुरा आकाशवाणी भएपछि कंशले आप्नै बहिनी देवकीलाई सुत्केरी हुने थाहा पाउंदासाथ बन्दी बनाउंथ्यो र जन्मने वित्तिकै पछारेर मार्न लगाउंथ्यो । तर कृष्णलाई भने मार्न सकेन । आफनै बन्दीखानाबाट कृष्णलाई बचाइयो र अन्तै लागियो । पछि कृष्णले नै कंशलाई मारेर जनतालाई मुक्ति दिलाए भन्ने कथा छ । खासगरी महाभारत युद्धमा कृष्णको विशेष भूमिका देखिन्छ ।
    जन्माष्टमीको अवसरमा आज राष्ट्रपति डा. रामवरण्ँ यादव श्रीकृषण्ँ भगवानको दर्शन तथा पूजा पाटनस्थित कृष्ण्ँ मन्दिर गर्नजाने कार्यक्रम छ भने प्रधानमन्त्री पुष्पकमल दाहालले हिन्दूको महान पर्व श्रीकृष्ण्ँ जन्माष्टमीको पावन अवसरमा समस्त हिन्दु धर्मावलम्बीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना दिनुभएको छ ।
    उहा“ले ऐतिहासिक संविधानसभा मार्फ नयां संविधानको निर्माण्ँ गरी लोकतान्त्रिक गण्ँतन्त्रको संस्थागत विकास गर्दै नेपालको एकता र समृद्धिको लागि दृढ तथा दीगो आर्थिक विकास गर्नु एवम मुलुकमा दीगो शान्ति स्थापना गर्नु नयां सरकारको प्राथमिक लक्ष्य हो । सन्देशमा सरकारमा यी उद्देश्य प्राप्तिमा सफल हुने अपेक्षा गर्दै श्रीकृष्ण्ँ जन्माष्टमी पर्वका अवसरमा समस्त हिन्दू धर्मावलम्बीमा नयां सोच, चिन्तन तथा व्यवहारको विकासका लागि शुभकामना व्यक्त गर्नुभयो ।

    0 comments: