वीरगंज, ११ साउन/ नेपालको तेस्रो राष्ट्रिय भाषा भोजपुरीसंग सम्बद्ध साहित्य कलाको उत्थान तथा विकास गर्ने उद्देश्यले स्थापित प्रगतिशील भोजपुरी साहित्य परिषदको आयोजनामा भोजपुरी कवि संगोष्ठी तथा विचार विमर्श कार्यक्रम सम्पन्न भयो ।
प्रत्येक महिनाको दोश्रो शनिवार आयोजना हुने सो कार्यक्रममा धु्रवलाल शास्ती, शिवचन्द्र साह, मनोज कुशवाहा, रामसुरेश महतो, रामभरोस श्रीवास्तव, डा. शशिभूषण वर्ण्र्ााल, विनोद तिमल्सिना, विजय प्रकाश बीन, दिनेश साह, भूपेन्द्रप्रसाद कुशवाहा, फजिल आलमले कविता, गजल, गीतका साथै भोजपुरी भाषा, साहित्य, कला संस्कृतिको विकास तथा उत्थान गर्न विचार विमर्श गरिएको थियो ।
एक मधेश, एक प्रदेश वा अनेक प्रदेश
वीरगंज, ११ साउन/क्रान्तिकारी मधेशी मोर्चाद्वारा आयोजित एक मधेश एक प्रदेश वा अनेक प्रदेश विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित सो कार्यक्रममा नेकपा माओवादीका अन्तरिम संविधान सभाका सांसद रामाश्रय रामले माओवादीले समग्र नेपालीको मुक्तिकालागि जनयुद्ध गरेको हो । मधेश र मधेशीको एजेण्डा लिएर र्सवप्रथम मधेशी राष्ट्रिय मुक्ति मोर्चा माओवादीले नै गठन गरेको हो । पहाडीया मधेशीको साम्प्रदायिक दंग मच्चाउन होइन, सिंगो देशमा परिवर्तन ल्याउन गणतन्त्र र राष्ट्रियतालाई बलियो बनाउन जनयुद्ध माओवादीले गरेको हो । मधेशमा विभिन्नजाति, भाषा, धर्म र संस्कृति भन्नुभयो ।
मधेशी जन अधिकार फोरमका विनोद चौरसियाले एक मधेश एक प्रदेश नै हुनु पर्दछ भन्नुभयो । मुश्लिम इत्तेहाद संगठनकी रोही अख्तरले देश टुक्रयाउनेको पक्षमा छैन । अधिकारको नाममा देश टुक्रयाउने काम भयो भने कुनै पनि नेपालीलाई अस्वीकार हुने छैन भन्नुभयो ।
नेपाल सद्भावना पार्टर्ीीआ) पर्सर्ाा अध्यक्ष कदम रसूलले नेपालको तीन भाग हिमाल, पहाड र मधेशमा तीन समुदाय छन्, पहाड र मधेशको संस्कृति फरक छ । एक मधेश एक प्रदेशले देश टुक्रिदैन । साह्रा संझौता गर्न हिन्दूस्तान जाने, हिन्दूस्तानसंग हात फैलाउने, अहिले हिन्दी भाषाको विरोध गर्ने, के हिन्दी भाषा विदेशी भाषा हो भन्नुभयो ।
क्रान्तिकारी मधेशी मोर्चाका अध्यक्ष रामरिझन यादवले सभापतित्व गर्नुभएको सो गोष्ठीमा स्वागत मन्तव्य जनमोर्चा नेपाल, पर्सर्ाा अध्यक्ष बाबुराम कौशिकले राख्नुभएको थियो भने सो गोष्ठीमा विशेष वक्ताका रुपमा भोजपुरा उपराज्य समिति नेकपा माओवादीका सेक्रेटरी एवं संविधानसभा सभासद क. प्रभु साह, प्राध्यापक हरेराम ठाकुर, तमलोपाका संविधानसभासद जीतेन्द्र सोनल, नेकपा माओवादीका सभासद इश्लाम हवारीलगायत रहनुभएको थियो ।
उदघाटन सत्र
वीरगंज, ११ साउन/ मधेशी जन अधिकार फोरम, पर्सर्ााडा नं. १४ को इकाइ समिति गठनको उद्घाटन सत्र नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुरमा आज सम्पन्न भयो ।
सो उद्घाटन सत्रको प्रमुख अतिथि फोरम, पर्सर्ाा जिल्ला अध्यक्ष शशिकपूर मिया, जिल्ला उपाध्यक्ष वीरेन्द्र यादवलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि मियाले मधेशी आन्दोलन अहिलेसम्म जारी नै छ जबसम्म मधेशीहरुको मधेश राज्य स्थापना नभएसम्म उपराष्ट्रपतिले हिन्दीमा सपथ ग्रहण गरेको निहंुमा राजनीतिक पार्टर्ीीले झूटमूटको बखेडा खडा गरेका छन् भन्नुभयो ।
अहिले मधेशी जन अधिकार फोरमले गरेको जायज क्रान्तिलाई बुझेर मधेशी जन अधिकार फोरममा समावेश हुनेहरुको ठूलो लहर चलेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment