अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on
  • Jul 12, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २८ असार/ डिभिजन सहकारी कार्यालय, पर्साले आज स्थानीय जिल्ला बाल कल्याण समितिको सभाकक्षमा प्रभावकारी सहकारी व्यवस्थापनका निम्ति सहकारीकर्मीहरुको भूमिका विषयक एक दिने अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्यो ।
    सहकारीका अधिकृत कृष्णप्रसाद लम्सालको सभापतित्वमा सम्पन्न सो अन्तरक्रियामा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटीले सहकारीकर्मीहरुले यस्तै अन्तरक्रियाहरुका माध्यमबाट व्यवहारिक पक्ष, नीतिगत पक्ष, ऐन कानुन, व्यवस्थापकीय पक्षको खुलेर पहिचान गर्न सक्नुपर्छ भन्नुभयो ।
    उहांले समस्या समाधानका लागि ठोस निष्कर्ष निकाल्न सहकारी सशक्त माध्यम हो र यस्ले सर्वसाधारणको प्रतिव्यक्ति आय वृद्धि गरी जगेर्ना गर्ने र सक्षम परिवारको निर्माण तथा मुलुक निर्माण गर्ने कार्यमा भूमिका खेल्ने बताउंदै बेरोजगारीको समस्या समाधान, आर्थिकरुपमा स्थापित हुन सहकारी नीतिले महत्वपूर्ण भूमिका खेल्ने भएका कारण यस्को नीतिलाई अवलम्बन गर्नुपर्छ भन्नुभयो ।
    सो अन्तरक्रियामा कृषि विकास अधिकृत रामचन्द्र मिश्र, महिला विकास अधिकृत उर्बरा लुइटेल, सहकारी संघका अध्यक्ष जोखन दास थारुसमेतको उपस्थिति थियो भने स्वागत भाषण सहकारी डिभिजन कार्यालय, पर्साका अच्युत प्रधाना·ले गर्नुभएको सो अन्तर्क्रिया कार्यक्रमको संचालन देवेन्द्रप्रसाद साहले गर्नुभएको थियो ।

    0 comments: