वीरगंज, २ माघ/ स्वतन्त्रतापर्ूवक बा“च्न र लेख्न पाउने वातावरणको प्रत्याभूतिको माग गर्दै नेपाल पत्रकार महासंघ पर्सर्ाा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
आज जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा प्रजिअमार्फ सम्मानीय प्रधानमन्त्रीसमक्ष्ँ नेपाल पत्रकार महासंघ पर्सर्ाा ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासंघ, पर्सर्ाा कावा अध्यक्ष अशोक तिवारीको नेतृत्वमा स्थानीय संचारकर्मीहरुको दलबलले प्रजिअ समक्ष्ँ प्रस्तुत गरेको ज्ञापनपत्रमा पत्रकार उमा सिंहका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही चलाउन प्रेस स्वतन्त्रता र संचारकर्मीको सुरक्ष्ँाको ग्यारेन्टी गर्न, उमा सिंहको परिवारलाई क्षतिपर्ूर्ति र पर्ूण्ा सुरक्ष्ँाको प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।
राज्यको कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीको प्रतिबद्धताविरुद्ध अपराधीहरुले धावा बोलीरहेका छन् । यो कुनै पनि हालतमा आलोचना योग्य छ, जनकपुरस्थित रेडियो टुडेमा कार्यरत पत्रकार उमा सिंहको अज्ञात समूहले बर्बरतापर्ूण्ा तरिकाले हत्या गरेको घटनाको निन्दा र भर्त्सना गर्दै चरम अराजकता र दण्डहीनताको विरोध गरिएको उल्लेख छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment