वीरगंज, ३ माघ/ नेपाल पूर्व प्रहरी संगठन, पर्साले विभिन्न माग राखी प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ।
आज वीरगंजको घण्टाघरबाट पूर्वप्रहरीहरुको एक र्याली निकाले जिल्ला प्रशासन कार्यालय, पर्साका प्रजिअमार्फ प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको हो ।
३० दिनभित्र पर्ूव प्रहरीहरुको माग पूरा नगरे कडा कदमको प्रक्रिया अपनाउने ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरुमा अमर शहीद तथा अशक्त परिवार र सन्तति, निवृत्तिभरण, पूर्वप्रहरी कर्मचारीको व्यवसायिक ज्ञान र दक्षताको सदुपयोग, प्रहरीको अनिवार्य अवकाश सम्बन्धी असमान कानुन, नेपाल प्रहरी अस्पतालको सेवा र स्वामित्व, नेपाल प्रहरीका परिचर, एक तह बढुवा, प्रहरी सेवामा नयां नियुक्ति, स्वास्थ्य उपचार, प्रहरी विद्यालयमा अध्यापन, सर्म्पर्क कार्यालय, पुनर्मिलन सीप किास प्रशिक्ष्ण, अतिथि भवन, प्रहरी परिवार महिला संघ, मलामी र सलामीलगायत छन् ।
करिब ८० हजार भन्दा बढी पूर्व प्रहरीहरु विभिन्न कष्टपूण् जीवन व्यतित गरिरहेको राज्य, नेपाल प्रहरी एवं सम्बद्ध निकायहरुले सहानुभूति प्रकट गरिदिन अपील पनि गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment