सभासद बबन सिंह रिहा

Posted on
  • Jan 21, 2009
  • by
  • mukesh
  • in
  • उमा सिंहको हत्याराको नाम भोलि र्सार्वजनिक गर्छु- बबन सिंह
    वीरगंज, ८ माघ/ सभासद् बबन सिंहलाई जिल्ला अदालत पर्साले साधारण तारेखमा रिहा गरेको छ ।
    आज जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपछि सभासद सिंहले संचारकर्मीहरुसामू उमा सिंहको हत्यारालाई र्सार्वजनिक गर्ने बताएका छन् ।
    अदालत परिसरबाहिर सभासद् बबन सिंहले यस लर्डाईमा मलाई संचार क्ष्ँेत्रले खुलेर सहयोग पुर्‍याएकोमा धन्यवाद दिंदै भने भोलि घण्टाघरमा एक सभाको आयोजना गरी स्व. पत्रकार उमा सिंहको हत्याराको नाम र्सार्वजनिक गर्छर्ुु
    उनले स्व. पत्रकार उमा सिंहको हत्या सम्बन्धमा मैले सदनमा जुन कुरा उठाएको थिए त्योभन्दा पनि कडा कदम अब उठाउने चेतावनी दिएका छन् ।
    आज जिल्ला अदालत परिसरबाट रिहाइपछि सभासद बबनसिंहका शुभचिन्तक र्समर्थकद्वारा निकालिएको एक जुलुसले नगर परिक्रमासमेत गरेको थियो ।
    सभासद् बबन सिंहको मुद्दा सम्बन्धमा जिल्ला अदालत पर्सर्ाा आज भएको सुनवाइ बहसमा सभासद सिंहका तर्फाट ९ जना वकिलहरुले बहस गरेका थिए ।
    जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा अर्न्तर्गत माघ ४ गते वीरगंजको उद्योग वाणिज्य संघ नजिकबाट पक्राउ गरेको सभासद बबन सिंहलाई जिल्ला अदालत पर्सर्ाा न्यायाधीश नारायणप्रसाद दहालको १ नं. इजलासले साधारण तारेखमा आज छाडेको हो ।

    भन्सार कार्यालयमा सदाचार पद्धति लागू

    वीरगंज, ८ माघ/ वीरगंज भन्सार कार्यालयमा यही माघ १ गतेदेखि सदाचार पद्धति लागू भएको भन्सार स्रोतले जनाएको छ ।
    विगतमा आयात र निर्यात गर्दा भन्सार जाँचपास लगायत भन्सारसँग सम्बन्धित अन्य प्रशासनिक क्रियाकलाप बापत क्लियरिंग एजेण्टहरुले बुझाउनुपर्ने विभिन्न दस्तुर, शुल्कहरु माघ १ गतेदेखि बुझाउनु पर्दैन । नेपाल सरकारले राजस्व प्रशासनलाई उपलब्ध गराएको अत्यधिक सेवा सुविधाका कारण भन्सारमा सामान्य काम गराउँदा समेत तल्लो तहका कर्मचारीहरुले लिने गरेको शुल्क दस्तुर लिन नपाउने र दिन समेत नपर्ने उद्देश्यले माघ १ गतेदेखि सदाचार पद्धति लागू गरिएको हो ।
    भन्सार प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउनका साथै नयाँ नेपाल निर्माण प्रक्रियामा हिजोका विकृति र विसंगतिहरुलाई समेत विस्तारै निरुपण गर्दै जाने उद्देश्यले वीरगंज भन्सार र डर््राईपोर्ट भन्सारमा लागु गरिएका सदाचार पद्धतिले व्यावसायिक क्रियाकलाप अभिवृद्धि भई उद्योगी व्यवसायीहरुले थप आर्थिक व्यय भार व्यहोर्नु नपर्ने भएको हुँदा सरकारको यस कार्यलाई निजी क्षेत्रले अत्यन्तै सकारात्मक रुपमा लिएको धारणा संघका उपाध्यक्ष अशोक कुमार टेमानी व्यक्त गर्नु हुन्छ ।

    हतियारसहित आठजना पक्राउ

    हरी शर्मा
    नवलपरासी ८ माघ । हतियारको गोलि सहित जिल्ला प्रहरि कार्यालय नवलपरासीले आठ जनालाई पक्राउ गरेकोछ ।
    नवलपरासीको जमुनिया नारायण चोक वाट उनिहरुलाई पक्राउ गरिएको वताइएकोछ । तिन वटा मोटर र्साईकलमा गएराति १२ वजे सेमरि तर्फजादै गरेका उनिहरुलाई सोधपुछ गरि खानतलासी गर्ने क्रममा ३६ राउण्ड गोलि सहित पक्राउ गरिएको प्रहरिले जनाएकोछ । त्यसरी पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडानं ५ का २० वषिर्य राहुल यादव, १७ वषिर्य विरेन्द्र जयसवाल, वडानं १२ का २० वषिर्य नरेश भर र र्सर्वेश जयसवाल रहेकाछन् । त्यस्तै पक्राउ पर्नेमा अमरौट गाउं विकास समिति वडानं १ का १९ वषिर्य ध्रम्रेन्द्र यादव, पाल्ही ७ का २० वषिर्य अमर पटेल, हकर्ुइ ९ का २० वषिर्य रवि यादव र सोहि ठाउंका २३ वषिर्य गणपत यादव रहको प्रहरिले जनाएकोछ ।
    गोलि सहित पक्राउ परेकाहरुले प्रयोग गरेको लु ४ प ३३२३, लु १प ५७९६ र अन्टेष्ट मोटरर्साईकल समेत प्रहरिले नियन्त्रणमा लिएकोछ । पक्राउ परेका सवैलाई हात हतियार सम्बन्धि मुद्धा अगाडि वर्ढाईने जिल्ला प्रहरि कार्यालय नवलपरासीले जनाएकोछ ।

    फोहोर फाल्न असहयोग भए राजीनामा दिन्छु

    काठमाडौं, ८ माघ । स्थानीय विकासमन्त्री रामचन्द्र झाले काठमाडौं उपत्यकाको फोहोर फाल्न प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री वामदेव गौतमबाट सहयोग नभएको भन्दै राजीनामाको चेतावनी दिएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले फोहोर उठाएर लगिएको सवारीलाई रोक्ने र छेक्ने काम भइरहदा पनि गृह मन्त्रालयबाट आवश्यक सहयोग नभइरहेको भन्दै आलोचना गरे ।
    'काठमाडौं महानगरपालिकाले फोहोर उठाएर लादा गैरकानुनी ढंगबाट छेक्ने काम भइरहदा पनि गृह मन्त्रालय किन चुप छ -' एमाले केन्द्रीय सदस्य समेत रहेका झाले भने,'फोहोरमा राजनीति भइरहन्छ भने म सरकारमा बस्दिन ।' फोहोर बोकेका सवारी छेक्न एमाले कार्यकर्तानै लागेका छन् नि भन्ने प्रश्नमा उनले छेक्नेहरुलाई पार्टर्ीी तत्काल निर्देशन दिएर पछि हट्न लगाउन महासचिव झलनाथ खनालसंग कुरा गरेको खुलासा गरे । उनले भने,'महासचिवलाई भनेको छु कि हाम्रा पार्टर्ीी कार्यकर्तालाई फोहोर बोकेको गाडी छेक्न लगाइन्छ भने म राजीनामा दिन्छु ।'
    काठमाडौंमा फोहोरको डुंगुर थुप्रिएको देख्दा आफू अत्यन्त चिन्तित भएको भन्दै फोहोर लगिएको सवारीमाथि अवरोध सृजना गर्नेहरुलाई छूट दिइएको भन्दै आफ्नै पार्टर्ीी कार्यकर्ताको समेत आलोचना गरे । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री झाले फोहोरको समस्या समाधानका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए । सिसडोलबाहेक अन्य क्षेत्रमा पनि डम्पिङ साइड बनाउनेबारे छलफल भइरहेको बताए । धादिङको क्षेत्रदेउरालीलगायत विभिन्न स्थानमा डम्पिङ साइड बनाउने प्रस्ताव आएको र त्यसबारे छिट्टै निर्ण्र्ाागरिने बताए । फोहोर प्रशोधनका लागि निजी क्षेत्रहरुबाट पनि प्रस्तावहरु आइरहेको र त्यसबारे अध्ययन भइरहेको बताए । मन्त्री झाले संविधानसभामा समानुपातिक प्रणालीतर्फो प्राप्त मतका आधारमा स्थानीय निकाय गठन हुने बताए । समानुपातिकलाई आधार मानेर स्थानीय निकाय गठन गरिए संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुने भएकाले मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी पूरा भएको बताए । उनले भने,'समानुपातिकका आधारमा स्थानीय निकाय गठन गर्न मन्त्रिपरिषदमा प्रस्ताव जादैछ ।' नेकपा माओवादीले मिश्रति प्रणालीको परिणामलाई पनि आधार मान्न जोड दिएको भएपनि समानुपातिकको आधारलाई अस्वीकार नगरिहालेकाले सहमति हुने बताए । केही साना दलले स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएको भएपनि तत्काललाई संविधानसभाको मतको आधारलाई मानेर गठन गर्नु उपयुक्त हुने बताए ।
    स्थानीय निकाय गठनका लागि आफ्नो संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठनको प्रस्ताव लगिसकिएको बताए । पांच दल सहभागी हुने कार्यदलले स्थानीय निकाय गठनको प्रारुप तयार गर्ने समेत बताए । स्थानीय निकाय गठन नहुदा स्थानीयस्तरमा विकास कार्यक्रम ठप्प भएको बताए । उनले भने,र्'कर्मचारीको सुरक्षाका लागि पनि स्थानीय निकाय गठन अनिवार्य भइसकेको छ ।' सरकारले तर्राईका थप सशस्त्र समूहसंग वार्ता अगाडि बढाएको बताए । वार्ताका लागि जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको ज्वाला सिंह र रणवीर समूहसंग अनौपचारिक कुराकानीले गति पाएको बताए । सरकारले वार्ताबाटै माग सम्बोधन गरी दीगो शान्ति स्थापना गर्ने दृढता व्यक्त गरे । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले फोहोरमा राजनीति नगर्न आग्रह गरे । काठमाडौंको फोहोरको दर्ीघकालिन समस्या समाधानमा उनको जोड थियो । स्थानीय निकाय गठनमा सहमतिबाटै अगाडि बढ्नुपर्ने बताए ।

    युवा वैज्ञानिक प्रकाश गैरेको खूबी प्रदर्शन

    काठमडौं, ८ माघ । युवा वैज्ञानिक प्रकाश गैरेले आफ्नो दक्षता प्रदर्शन गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहका सामुन्ने उनले आफूले बनाएको एक्सरे मेसिन, विद्युतीय भोडिङ मेसिन, अटोस्कुलवेल, सेन्सर धारा, एयर हार्मोनियम, एयर ड्रम, सेन्सर ढोका, अटो काउन्टर, लेजर डिटेक्टर, एन्टीथीप अलार्म, टाइमर, मिनि एफ.एम.ट्रान्समिटरलगायत वैज्ञानिक उपकरणहरु देखाएका थिए ।
    प्रकाशको क्षमता देखेपछि विज्ञानमन्त्री शाहले राज्यले उनलाई विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नयां नेपालमा सृजनशील कार्य गर्नेहरुलाई प्रोत्साहन गर्ने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक कार्यक्रम ल्याउन लागेको बताए । उनले प्रकाशलाई राज्यले उच्च सम्मान गर्ने समेत बताए । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले क्षमतावान युवालाई राज्यले प्रोत्साहन नगर्दा विदेश पलायन बढेको बताए । उनले प्रकाशलाई विशेष आर्थिक सहयोग गर्नुपर्ने भन्दै ५० लाख सहयोग गर्नुपर्ने बताए । युवा वैज्ञानिक प्रकाश गैरेले राज्यले सहयोग गरे आफूले योभन्दा बढी काम गरेर देखाउने बताए । आफू नेपालमै बसेर ठूलाभन्दा ठूला उपकरणहरु बनाएर देखाउने योजनामा रहेको बताए । नेपालका लागि श्रीलंकाका नयां राजदूत हेवागाद्वारा काम शुरु काठमाडौं, माघ ७ । नेपालका लागि श्रीलंकाली राजदूतावासमा नयां राजदूतले काम शुरु गरेका छन् र आजबाट थोसापाला हेवागाले काम शुरु गरेका हुन् । हेवागा श्रीलंकाली बन्दरगाह तथा उड्डयन मन्त्रालयका पूर्व सचिव पनि हुन् ।

    रोग संकटग्रस्त क्षेत्रमा पंछी नष्ट गर्ने कार्य त्रि्र

    काठमाडौं, ७ माघ । कृषि तथा सहकारी मन्त्रालयका सचिव टेकबहादुर थापाले बर्डफ्लु नियन्त्रणका लागि तत्काल पंछी र पंछीजन्य उत्पादन नष्ट गर्ने अभियानलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले रोग संकटग्रस्त घोषित क्षेत्रका पंछी नष्ट गर्ने अभियानमा सहयोगको आग्रह गर्दै अवरोध खडा गर्नेमाथि बल प्रयोग गर्नेसम्मको नीति लिइएको बताए ।
    'रोग संकटग्रस्त क्षेत्रमा पंछी नष्ट गर्ने कार्य त्रि्र पारिएको छ ,' थापाले भने,'अहिलेसम्म पंछी नष्ट गर्न स्थानीयस्तरबाट सहयोग भइरहेको छ, अवरोध खडा गरिए बल प्रयोग सम्म हुनसक्छ ।' बल प्रयोगका लागि स्थानीय जनताकै सहयोग लिइने उनको भनाई थियो ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सचिव थापाले हालसम्म झण्डै ११ हजार पंछी नष्ट गरिसकिएको बताए । काकडभीट्टाको रोग संकटग्रस्त्र क्षेत्रमा १० हजार २ सय २२ वटा कुखुरा नष्ट गरिसकिएको बताए । ४०६ वटा अण्डा र ८५ केजी दाना नष्ट गरिएको तथ्यांक प्रस्तुत गरे । नष्ट गरिएका पंछी र पंछीजन्य उत्पादनको क्षतिपर्ूर्तिका लागि राहत प्रदान गर्न तदारुकता अपनाइएको समेत बताए । सरकारले माऊ कुखुराका लागि प्रति कुखुरा रु ५००, माऊ ब्रोइलरका लागि २५०, सबै किसिमका कुखुराका लागि रु १००, अण्डाका लागि ५० पैसा, दाना प्रतिकेजी रु २५ का दरले क्षतिपर्ूर्तिको व्यवस्था गरेको बताए । बर्डफ्लुका कारण देशभित्र भइरहेको झण्डै १७ अर्बको लगानीमा पर्नसक्ने असरलाई दृष्टिगत गरी विशेष सुरक्षा नीति अपनाइएको समेत बताए । उनले भने,'६५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेको कुखुरा पालन व्यवसायलाई असर पर्न नदिन सरकार सजग छ ।' काकडभिट्टाको तीन किलोमिटर क्षेत्रभन्दा बाहिर बर्डफ्लु नदेखिएको उनको भनाई थियो । उनले आफै कुखुराको मासु खादै भने,'झापाको काकडभिट्टा बाहिर बर्डफ्लु छैन ।' पंछी नष्ट गर्न प्रहरी, प्रशासन, व्यवसायी, स्वास्थ्य टोलीबाट जोडतोडका साथ काम भइरहेको बताए । रोग लागेका क्ष्ँेत्रमा खटिएका प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी भवितव्यले जीवन गुमाउन पुगे सरकारले रु १० लाख राहतको व्यवस्था गरेको बताए ।
    भारतसंग सीमा जोडिएका २६ जिल्लालाई जोखिमयुक्त क्षेत्र घोषणा गरी निगरानी बढाइएको बताए । भारतलाई पनि नेपालमा बर्डफ्लुको अवस्थाबारे जानकारी गराइएको भन्दै झापामा कन्ट्रोल रुमनै स्थापना गरिएको बताए । तत्काल जानकारीका लागि कन्ट्रोल रुमको फोनर् न ०२३-५६२५०५ मा सर्म्पर्क गर्न सकिने बताए । इलाम, पांचथरलाई अत्यन्त जोखिमयुक्त क्षेत्र घोषणा गरी निगरानीमा राखिएको बताए । पशु सेवा विभागका महानिर्देशक डा.प्रभाकर पाठकले बर्डफ्लु फैलन नदिन पंछीको निगरानीमा कर्डाई गरिएको बताए । घरपालुवा पंछीबाहेकमा पनि निगरानी र जांच शुरु गरिएको बताए । वन विभागसंग समन्वय गरी जंगली पंछी मरेको भेटिए संकलन गरी परीक्षण गर्ने प्रबन्ध मिलाइएको जानकारी गराए । उनले भने,'जंगली पंछीको सुली सम्म संकलन गरी परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।' कुखुरा विशेषज्ञ डा.होमबहादुर बस्नेतले बर्डफ्लु कुखुरालगायतका केही पंछीको मात्र महामारी भएको बताए । मानिसमा सरिहाल्ने सम्भावना कम रहने बताउदै तत्काल नष्ट गरेर रोग सल्कनबाट रोक्न सकिने बताए । बर्डफ्लु मान्छेका लागि महामारी रोग नभएकाले आत्तिइहाल्नुनपर्ने बताए । उनले भने,'भारतमा त्यत्रो बर्डफ्लुको त्यत्रो चर्चा हुदा पनि एकजना मान्छेमा पनि लागेको खबर आएको छैन ।' नेपाल दाना उद्योग संघका अध्यक्ष नारायणहरि खत्रीले बर्डफ्लुका कारण आत्तिइहाल्नुनपर्ने बताए । बर्डफ्लुको हल्लाका कारण कुखुराको चल्ला उत्पादन र विक्रीमा गिरावट आइसकेको बताए । उनले भने,'यस्तै हो भने तीन महिनामा एउटा पनि कुखुरा नपाइने अवस्था आउंछ ।' बर्डफ्लुबारे सही ढंगले सूचना जनता कहां पुर्‍याए रोगविरुद्ध लड्न र कुखुरा व्यवसायलाई जोगाउन सजिलो हुने बताए ।

    सभासद् गुप्ताद्धारा पत्रकार महासंघ बारा शाखालाई ५० हजार दिने घोषणा

    बारा, ६ माघ/ मधेशी जनअधिकार फोरम बारा क्षेत्र नं. ३ का सभाषद् एवं संविधानसभा जनमत संकलन समितिका सभापति प्रमोद गुप्ताले आज कलैयामा पत्रकार सम्मेलन गरी पत्रकार महासंघ बारा शाखालाई पचास हजार रुपैयाँ दिने घोषणा गर्नुभएकेा छ । साथै महासंघका लागि आवश्यक पर्ने कम्प्यूटर , फोन, फ्याक्सर्,र् इन्भटर लगायतका संचार सामग्री समेत उपलब्ध गराउन पहल गरिरहेकेा र केही दिनमै उपलब्ध हुने बताउनुभयो ।
    बाराको संचार क्षेत्रको विकास समुचित हुन नसकेकेा , क्षमता अभिबृद्धि र भवन निर्माणका लागि आफुले सो रकम महासंघलाई उपलब्घ गराउने पत्रकार सम्मेलनमा गुप्ताले बताउनुभयो । सम्मेलनमा आफुले पाएको जिम्मेवारी ठुलो रहेको र जनमत संकलनका लागि संचार क्षेत्रको समेत ठुलो महत्व रहेकेाले संचार क्षेत्रको सुझाव र सहयोग लिने ठाउँ ठाउँमा सुझाव पेटिका राखि जनमत संकलन गरिने उहाँले बताउनुभयो । गुप्ताले संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै जिल्लाको विकासका लागि आफु सदैव लागि परिरहेको र अहिले जिल्ला को शान्ति सुरक्षाप्रति आफू दुःखि रहेको बताउनुभयो । जिल्लामा सुरक्षाकर्मीहरुबाटै आपराधिक क्रियाकलाप बढेको बताउँदै गुप्ताले सभासद् बबन सिंहलाई कानुनी प्रकृया नपुर्याईकनै पक्राउ गरिनु दुःख लाग्दो विषय भएको बताउनुभयो ।
    कार्यक्रममा महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले सभासद् गुप्तालाई धन्यवाद दिदै महासंघको शिलालेखमा उहाँको सहयोग उल्लेख गरिने र उहाँको राम्रो काममा सहयोग पुर्याउने बताउनुभयो । सम्मेलनमा संचारकर्मी जयनारायण यादव, लक्ष्मि साह बृजमोहन कुश्वाहा लगायतका संचारकर्मीहरुले जिज्ञासा प्रकट गरेका थिए ।

    0 comments: