Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

चोरीपैठारीको मलखाद बरामद

वीरगंज, १३ जेठ/
भारतबाट भंसार चोरी पैठारी भइ अँएको मलखाद यात्रुवाहक बसबाट बरामद भएको छ । १३ जेठको बिहान बारा, लिपनीमालस्थित सीमा सुरक्ष्ँा बल राजस्व गस्ती टोलीको नेतृत्वमा गएको टोलीले ७० बोरा अवैध भारतीय मल, खाद बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।

बाटोमा पर्ने प्रहरी चौकीमा तोकिएको दररेटमा घुस खुवाउदै खाद तस्करहरुले भारतीय रासायनिक मल गन्तव्इमा पुर्‍याउदै आउने गर्दथे । एक महिनादेखि अलौं इनर्वा, बलरामपुर, मटिअर्वा भन्सार नारी नाकाबाट ठूलो परिमाणको भारतीय मल दिनहु वीरगंज कलैयामा भित्रिएर राजस्व अनुसन्धान इकाइ कार्यालयको पथलैया ढाट हुदै हेटौडा, चितवन, काठमाडौं र त्रिशुली यात्रुवसमार्फत पुग्ने गरेको छ ।

अवैध रासायनिक मल ढुवानी गर्ने यात्रुवाहक सवारी साधनलाई कुनै कारवाही भने गरिएको छैन ।
Read More...

मजदूरहरु आन्दोलनमा

वीरगंज १२ जेठ/
वीरगंज तयारी पोशाक, व्याग तथा होजियारी कटिङ मास्टर संघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । १२ जेठमा एक ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीको कार्यालयमा बुझाएको हो ।

सो ज्ञापन पत्रमा तयारी पोशाक तथा होजियारी मजदुरहरुको उचित मांग संवोधन नगरे १२ गतेदेखि सशक्त आन्दोलनमा जाने उल्लेख छ । संघर्षका कार्यक्रममा जेठ १४ गते सवै फैक्ट्रीहरुमा तालाबन्दी, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय पर्सा, श्रम कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयमा शान्तिपूर्णधर्ना, १६ गते कालोपट्ट िबाूधी नगर परिक्रमा गरी नारा जुलुस, १७ गते कालोपट्ट बांधी मजदुरहरुद्वारा जिल्ला प्रशासन कार्यालयमा घेराउ, जेठ १८ गते घण्टाघरमा रिले अनसन, २१ गते आमरण अनसन रहेका छन् ।

ज्ञापन पत्रमा राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेल्ने वर्ग हो तर यहा श्रमजीवी वग मजदूरहरु नै सवैभन्दा बढी शोषित छन् । नया रेट सम्बन्धमा वैशाख २६ गते वार्ताको वातावरण नबनाए वा पहल नभए २९ गते देखि अनिश्चितकालीन हडताल गर्ने भनि संघलेपत्र पठाएकोमा तत्पश्चात पनि कुनै वास्ता र वातावरण सिर्जना नगरी उल्टै न्यू लक्ष्मी रेडिमेड उद्योग लगायत केही उद्योगले भारतबाट मजदूर ल्याई रातिको समयमा काम गराउदै आएकोले फैक्ट्रहरुमा मजदूहरुले धर्ना दिइरहेको बुझिएको छ ।मजदूरहरु आन्दोलनमा


वीरगंज १२ जेठ/
वीरगंज तयारी पोशाक, व्याग तथा होजियारी कटिङ मास्टर संघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । १२ जेठमा एक ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीको कार्यालयमा बुझाएको हो ।

सो ज्ञापन पत्रमा तयारी पोशाक तथा होजियारी मजदुरहरुको उचित मांग संवोधन नगरे १२ गतेदेखि सशक्त आन्दोलनमा जाने उल्लेख छ । संघर्षका कार्यक्रममा जेठ १४ गते सवै फैक्ट्रीहरुमा तालाबन्दी, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय पर्सा, श्रम कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयमा शान्तिपूर्णधर्ना, १६ गते कालोपट्ट िबाूधी नगर परिक्रमा गरी नारा जुलुस, १७ गते कालोपट्ट बांधी मजदुरहरुद्वारा जिल्ला प्रशासन कार्यालयमा घेराउ, जेठ १८ गते घण्टाघरमा रिले अनसन, २१ गते आमरण अनसन रहेका छन् ।

ज्ञापन पत्रमा राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेल्ने वर्ग हो तर यहा श्रमजीवी वग मजदूरहरु नै सवैभन्दा बढी शोषित छन् । नया रेट सम्बन्धमा वैशाख २६ गते वार्ताको वातावरण नबनाए वा पहल नभए २९ गते देखि अनिश्चितकालीन हडताल गर्ने भनि संघलेपत्र पठाएकोमा तत्पश्चात पनि कुनै वास्ता र वातावरण सिर्जना नगरी उल्टै न्यू लक्ष्मी रेडिमेड उद्योग लगायत केही उद्योगले भारतबाट मजदूर ल्याई रातिको समयमा काम गराउदै आएकोले फैक्ट्रहरुमा मजदूहरुले धर्ना दिइरहेको बुझिएको छ ।
Read More...

तेल अभावले यातायात ठप्प हुने अवस्थामा

मुकेश वस्नेत , वीरगंज/ नेपाल आयल निगमले मांग बमोजिम इन्धन सवारी साधनहरुलाई उपलब्ध गराउन नसकेबाट यातायात सेवा ठप्प हुने स्थितिमा पुगेको छ ।

पेट्रोलपम्पमा सवारी साधनको लाम लागेको थियो । वीरगंज क्षेत्र वरपर चल्ने सवारी साधन पनि इन्धनको अभाव निकै पातलिएको छ । इन्धनको हाहाकार कहिलेसम्म रहने हो भनेर ट्रक र बस व्यवसायी चिन्तित देखिएका छन् । पर्याप्त बस नचलेबाट यात्रुहरु मर्कामा छन् । केही बसहरुले भाडा पनि आफूखुशी बढाएका छन् । इन्धनको कालोबजार पनि सुरु भएको छ ।

कतिपय पेट्रोलपम्पहरु आयल निगमबाट पेट्रोल र डिजेल नपाएर बन्द भएका छन् । आयल निगमले पेट्रोलपम्पले साविकमा पाउदै आएको तेलमा ठूलो कटौति गरेको छ । आज नेपालबाट तेल भर्न भारत, रक्सौलको इण्डियन आयल निगम गएका गाडीलाई तेल भर्न दिइएको छैन ।आज बिहान नारायणी यातायात व्यवसायी संघका पदाधिकारी राम श्रेष्ठले वीरगंज काठमाडौं ओहरदोहर गर्दा १६० लिटर डिजेल एउटा बसलाई लाग्नेमा वीरगंजका पेट्रोलपम्पले ५०/६० लिटर भन्दा बढी नदिने गरेबाट बस ग्यारेजमा थन्काउनुबाहेक अर्को विकल्प नभएको बताउनुभएको छ ।

वीरगंजबाट दैनिक लामो दूरीका बस ३०० र ढुवानीका साधन ट्रक ६०० छुट्ने गर्दै आएकोमा तेलको अभावलेगर्दा आधा मात्र जसोतसो संचालनमा आएका छन् ।

नेपाल आयल निगमले इण्डियन आयल निगमलाई इन्धन खरिद गरेवापतको रकम भुक्तान गर्न नसकेबाट इण्डियन आयलले नेपालमा पैठारी हुने तेलमा ठूलो

कटौति गरेको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई इन्धन खरिद वापतको रकम तिर्न करिब ७ अर्ब बाकी रहेको छ । नेपाल आयल निगमले

महंगोमा खरिद गरी सस्तोमा इन्धन बिक्री गर्नु पर्दा ७ अर्बभन्दा बढी घाटा बेहार्नु परेको जनाइएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशकले नेपाल सरकारसक्षम कि त इन्धनको मूल्य वृद्धि गर्न दिनुपर्‍यो, कि त सरकारले अनुदान दिनुपर्‍यो । होइन भने नेपाल आयल निगम संचालन हुन नसक्ने भनि स्पष्ट अवधारणा पत्र पेश गरेको एक महिना बितिसक्यो । सरकारले यथोचित निर्णय नगरी आलटाल गरीरहेबाट इन्धनको हाहारका नेपाल अधिराज्यभर भइरहेको छ ।

नेपाल आयल निगमले आप\mनो पुरानो बाकी बक्यौता रकम चुक्ता नगरेसम्म इन्धन पर्याप्त दिन नसक्ने लिखित जवाफ दिइ सकेको छ । विश्व बजारमा दिनप्रतिदिन इन्धनको मूल्य बढीरहेको र नेपालमा भारतमा भन्दा सस्तोमा इन्धन -पेट्रोल, डिजेल, मट्टतिेल, एलपी ग्यास लगायत) विक्री भइरहेको छ । नेपाल सरकारले आयल निगमलाई अहिले सम्म कुनै सब्सिडी नदिएको र इन्धन आयत गर्दा १३ प्रतिशत भ्याट राजस्व लिएको पाइन्छ ।
Read More...

प्रतिबन्धित चल्ला भित्राउन खोज्नेको धम्की

वीरगंज ९ जेष्ठ/

भारतबाट प्रतिबन्धित कुखुराको चल्ला भित्र्याई बिक्री वितरण गर्ने गिरोहले जिल्ला पशु सेवा कार्यालय, पर्सालाई धम्काउने गरेको छ । पशु सेवा कार्यालयले प्रतिबन्धित चल्ला कार्यालयको सिफारिसमा मात्र बिक्री वितरण गर्न पाउने व्यवस्था र्सार्वजनिक गरेपछि सिफारिसका लागि त्यस्ता गिरोहबाट धम्काउने कार्य भइरहेको जनाएको छ ।

कार्यालयले पिपराका देवेन्द्र कुर्मीले धम्की दिएको जनाएको छ । भारतमा बर्डफ्लू देखा परेपछि सीमावर्ती क्ष्ँेत्रबाट अन्डा, चल्ला र तयारी कुखुरा भित्रिने संभावना प्रबल देखिएकोले सरकारले यसको आयातमा प्रतिबन्ध लगाएको र बिक्री हेतु पशु सेवा कार्यालयको सिफारिस अनिवार्य गरेको छ ।

पशु सेवा कार्यालय, वीरगंजका प्रमुख डा. गोविन्द झाले चोरी पैठारी नियन्त्रणका लागि प्रहरी प्रशासनका साथै नगर प्रहरीको सक्रियता बढाउन आग्रह

गरे तापनि खासै चासो नदेखाइएको गुनासो गर्नुभएको छ ।
Read More...

वीरगंजमा संचालित रेष्टुरेन्टहरुलाई एकहप्ते अल्टिमेटम

वीरगंज ९ जेष्ठ/

वीरगंजमा संचालित रेष्टुरेन्टहरुलाई एक हप्ताभित्र बन्द गर्न तराईमा सशस्त्र संघर्ष संचालन गरिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वीसिंह समूहले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा वीरगंजमा संचालित रेष्टुरेन्टका संचालकको अपराधिक व्यक्तिहरुसंग साठगाठ हुनेगरेकाले वीरगंजका व्यापारी र सर्वसाधारण नागरिकलाई धम्की आउने गरेको प्रमाण आफूहरुलेपाएके कारण तत्काल बन्द गर्न समूहका नगर इन्चार्ज अरविन्द विद्रोहीले चेतावनी दिएका छन् ।

एक हप्ताभित्र रेष्टुरेन्ट बन्द नगरे भौतिक कारबाही गर्ने चेतावनी समेत जारी विज्ञप्तिमार्फत दिएको छ ।
Read More...