मुकेश वस्नेत , वीरगंज/ नेपाल आयल निगमले मांग बमोजिम इन्धन सवारी साधनहरुलाई उपलब्ध गराउन नसकेबाट यातायात सेवा ठप्प हुने स्थितिमा पुगेको छ ।
पेट्रोलपम्पमा सवारी साधनको लाम लागेको थियो । वीरगंज क्षेत्र वरपर चल्ने सवारी साधन पनि इन्धनको अभाव निकै पातलिएको छ । इन्धनको हाहाकार कहिलेसम्म रहने हो भनेर ट्रक र बस व्यवसायी चिन्तित देखिएका छन् । पर्याप्त बस नचलेबाट यात्रुहरु मर्कामा छन् । केही बसहरुले भाडा पनि आफूखुशी बढाएका छन् । इन्धनको कालोबजार पनि सुरु भएको छ ।
कतिपय पेट्रोलपम्पहरु आयल निगमबाट पेट्रोल र डिजेल नपाएर बन्द भएका छन् । आयल निगमले पेट्रोलपम्पले साविकमा पाउदै आएको तेलमा ठूलो कटौति गरेको छ । आज नेपालबाट तेल भर्न भारत, रक्सौलको इण्डियन आयल निगम गएका गाडीलाई तेल भर्न दिइएको छैन ।आज बिहान नारायणी यातायात व्यवसायी संघका पदाधिकारी राम श्रेष्ठले वीरगंज काठमाडौं ओहरदोहर गर्दा १६० लिटर डिजेल एउटा बसलाई लाग्नेमा वीरगंजका पेट्रोलपम्पले ५०/६० लिटर भन्दा बढी नदिने गरेबाट बस ग्यारेजमा थन्काउनुबाहेक अर्को विकल्प नभएको बताउनुभएको छ ।
वीरगंजबाट दैनिक लामो दूरीका बस ३०० र ढुवानीका साधन ट्रक ६०० छुट्ने गर्दै आएकोमा तेलको अभावलेगर्दा आधा मात्र जसोतसो संचालनमा आएका छन् ।
नेपाल आयल निगमले इण्डियन आयल निगमलाई इन्धन खरिद गरेवापतको रकम भुक्तान गर्न नसकेबाट इण्डियन आयलले नेपालमा पैठारी हुने तेलमा ठूलो
कटौति गरेको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई इन्धन खरिद वापतको रकम तिर्न करिब ७ अर्ब बाकी रहेको छ । नेपाल आयल निगमले
महंगोमा खरिद गरी सस्तोमा इन्धन बिक्री गर्नु पर्दा ७ अर्बभन्दा बढी घाटा बेहार्नु परेको जनाइएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशकले नेपाल सरकारसक्षम कि त इन्धनको मूल्य वृद्धि गर्न दिनुपर्यो, कि त सरकारले अनुदान दिनुपर्यो । होइन भने नेपाल आयल निगम संचालन हुन नसक्ने भनि स्पष्ट अवधारणा पत्र पेश गरेको एक महिना बितिसक्यो । सरकारले यथोचित निर्णय नगरी आलटाल गरीरहेबाट इन्धनको हाहारका नेपाल अधिराज्यभर भइरहेको छ ।
नेपाल आयल निगमले आप\mनो पुरानो बाकी बक्यौता रकम चुक्ता नगरेसम्म इन्धन पर्याप्त दिन नसक्ने लिखित जवाफ दिइ सकेको छ । विश्व बजारमा दिनप्रतिदिन इन्धनको मूल्य बढीरहेको र नेपालमा भारतमा भन्दा सस्तोमा इन्धन -पेट्रोल, डिजेल, मट्टतिेल, एलपी ग्यास लगायत) विक्री भइरहेको छ । नेपाल सरकारले आयल निगमलाई अहिले सम्म कुनै सब्सिडी नदिएको र इन्धन आयत गर्दा १३ प्रतिशत भ्याट राजस्व लिएको पाइन्छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment