मुकेश वस्नेत, वीरगंज/ नेपालमा रोजगारीका लागि आएका धेरै भारतीय नागरिकले नेपालमा बसोबास गरी नेपाल र भारत दुवैतिरको नागरिकता प्रमाणपत्र लिई दुवै देशको निर्वाचनमा भाग लिएको प्रमाण फेला परेको छ । जिल्ला बारा गाविस फत्तेपुर वडा नं. ७ खेसरौल गाउमा २०४५ सालदेखि बस्दै आएका मोदनाथ मिश्र र निजका पिता बद्री मिश्रका आठ भाई छोराउपर जिल्ला प्रशासन कर्यालय, बारामा नेपाल र भारतको नागरिकता लिएको र दुवै देशको मतदाता सूचीमा नाम समावेश भएको प्रमाणपसहित उजुरी परेको छ । मिश्रले आप\mनो थर ढाटेर मोदनाथ झा बनेर आप\mना भई नागेन्द्रमिश्रका ससुरा पर्सा जिल्ला वीरगंज उपमहानगरपालिका वडा नं. १८ निवासी सोवरण झालाई आप\mनो पिता बनाएर २०४६ साल चैत्र २७ गते नागरिकता टोलीबाट वंशजको नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । सो नागरिकता संशोधन गरी मोदनाथ मिश्रले २०५८ साल असोज ७ गते इलाका प्रशासन कार्यालय, सिमराबाट नागरिकता नं. ८५४/२४९६/२८४५ लिएका छन् । उनको नाम भारत, विहार राज्य, पूर्वी चम्पारण पजिहरवा ग्राम पंचायत प्रखण्ड सुगौलीकोग्राम पंचायत प्रादेशिक निर्वाचन क्षेत्र नं. ४ का लागि सन् २००६ मा तयार पारेको भोटरलिस्ट पृष्ठ संख्या ११, क्रम संख्या ३०७ मा समावेश छ । सो भोटर लिस्टमा पत्निको नाम कल्पना मिश्र, भाइको नाम नरेन्द्र मिश्र, अर्चना देवी, अशोक कुमार मिश्र, राधिका देवी, तारा चन्द्र मिश्र, चन्द्रदेवी मिश्र उल्लेख छ । उनको बारा जिल्ला फत्तेपुर खेसरौलमा ६ बिगाहा जग्गा रहेको छ । नेपाल र भारत दुवै देशको नागरिकता लिएका र दुवै देशको निर्वाचनका लागि तयार पारिएको मतदाता सूची -भोटर लिस्ट)मा नाम समावेश गरी मतदान समेत गर्दै आएका व्यक्तिहरुको सूची तयार पारीउनीहरुमाथि कडा कानूनी कारबाही गरिने गृहमन्त्रालय स्रोतले बताएको छ । नेपाल र भारत दुवैतिर धनसम्पत्ति भएका र दुवै देशमा बसोबास गर्दै आइरहेका थुप्रै भारतीय नागरिक नेपालमा १० सौं लाखको संख्यामा रहेकोले त्यस्ता नागरिकको छानविन गरी आवश्यक तथ्याङ्क र प्रमाण संकलन गरी नागकिकता अपराध ऐन अर्न्तर्गत कारबाही गर्न गृहमन्त्रालय तत्पर देखिएको छ । |
Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts
द्वैध नागरिकता लिनेलाई कारबाही हुने
Subscribe to:
Posts (Atom)