Showing posts with label samachar. Show all posts
Showing posts with label samachar. Show all posts

वीरगञ्ज भन्सार ठप्प

वीरगञ्ज, 14 jeth/ भन्सार क्लियरिङ एजेन्ट सम्बन्धी नया ऐनविरुद्ध भन्सार क्लियरिङ एजेन्ट संघको आह्वानमा क्लिरिङ एजेण्टहरुले सिर्सिया सुख्खा बन्दरगाह भन्सार र वीरगंज भंसार कार्यालयको कामकाज ठप्प पारेका छन् ।

१५ जेठदेखि लागू हुने नयां ऐनलाई नेपाल सरकारले खारेज नगरेसम्म भंसारको कमकाज ठप्प रहने चेतावनी भन्सार क्लियरिङ एजेण्ट संघले

दिएका हुन् । भंसार ठप्प हुदा क्लियरिङ सम्बन्धी कार्य प्रभावित भएको छ ।
Read More...

sukhha





Read More...

आगलागीमा तीन घाइते

वीरगंज १३ जेठ/
वीरगंज-१९ नगवामा विद्युतको तार र्सट भई आगलागी हुदा तीन जना गम्भीर घाइते भएका छन् । १३ जेठको विहान सोही स्थान निवासी नागेश्वर कानुको घरमा विद्युत तार र्सट हुन गई आगजनी भएको हो ।

आगजनीबाट पर्सा जिल्ला एकटांगा-६ बस्ने विकास मिश्र, वीरगंज-१८ बस्ने उषा मिश्र, उर्वसी देवी रहेका छन् । घाइतेहरुकोउपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ भने घाइतेमध्ये दुइजनालाई भारत, डंकन अस्पतालमा थप उपचारको लागि पठाइएको छ ।
Read More...

एडसविरुद्धको संघर्षमा ऐक्यबद्धता

मुकेश वस्नेत, वीरगंज/ दिव्य युवा क्लब विरन्चिवर्वा र अरुणोदय युवा क्लबको आयोजनामा ग्लोबल एडस वीक अफ एक्सनको अन्तिम दिन १२ जेठमा सामाजिक संघसंस्थामा कार्यरत व्यक्तिहरुको संलग्नतामा निस्किएको एक जुलुसले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय, पर्सामा एक ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा महिला अधिकार मञ्च, दबाव समूह, किशोर, किशोरी समूह, बालअधिकार मंचका प्रतिनिधिहरुले ज्ञापन पत्र प्रजिअलाई बुझाएका हुन् । पछिल्लो तत्थ्याकंअनुसार संक्रमितहरुको सवैभन्दा ठूलो संख्या प्रवासी कामदारहरु रहेको छ भने महिलाविरुद्ध हुने हिंसा, महिलाको आफ्नै शरीरमाथि अधिकार नहुदा, सम्पत्ति माथि पहुच नभएकोले जीविकोपार्जनका आधारमा शरीर बेच्न बाध्य भएर संक्रमित भएको उल्लेख छ ।

एचआइभी सवालसित जोडिएका यावत विषयमा सरकारलाई जनताप्रति उत्तरदायी बनाउन तथा दाताहरुलाई शर्तरहितको सहयोग र बाचालाई पूरा गर्न दबाब दिन विश्व व्यापीरुपमा ग्लोबल एडस विक आफू एक्सनको आयोजना गरिएको हो । एचआइभी र एडसविरुद्धको साझा संघर्षलाई ऐक्यबद्धता पर््रदर्शन गर्ने अभियानमा सहभागी हुन सवै संघ, संस्था, समुदाय तथा व्यक्तिहरुलाई अपील गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Read More...