एडसविरुद्धको संघर्षमा ऐक्यबद्धता

Posted on
  • May 25, 2008
  • by
  • mukesh
  • in
  • Labels:
  • मुकेश वस्नेत, वीरगंज/ दिव्य युवा क्लब विरन्चिवर्वा र अरुणोदय युवा क्लबको आयोजनामा ग्लोबल एडस वीक अफ एक्सनको अन्तिम दिन १२ जेठमा सामाजिक संघसंस्थामा कार्यरत व्यक्तिहरुको संलग्नतामा निस्किएको एक जुलुसले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय, पर्सामा एक ज्ञापन पत्र बुझाएको छ ।

    ज्ञापनपत्रमा महिला अधिकार मञ्च, दबाव समूह, किशोर, किशोरी समूह, बालअधिकार मंचका प्रतिनिधिहरुले ज्ञापन पत्र प्रजिअलाई बुझाएका हुन् । पछिल्लो तत्थ्याकंअनुसार संक्रमितहरुको सवैभन्दा ठूलो संख्या प्रवासी कामदारहरु रहेको छ भने महिलाविरुद्ध हुने हिंसा, महिलाको आफ्नै शरीरमाथि अधिकार नहुदा, सम्पत्ति माथि पहुच नभएकोले जीविकोपार्जनका आधारमा शरीर बेच्न बाध्य भएर संक्रमित भएको उल्लेख छ ।

    एचआइभी सवालसित जोडिएका यावत विषयमा सरकारलाई जनताप्रति उत्तरदायी बनाउन तथा दाताहरुलाई शर्तरहितको सहयोग र बाचालाई पूरा गर्न दबाब दिन विश्व व्यापीरुपमा ग्लोबल एडस विक आफू एक्सनको आयोजना गरिएको हो । एचआइभी र एडसविरुद्धको साझा संघर्षलाई ऐक्यबद्धता पर््रदर्शन गर्ने अभियानमा सहभागी हुन सवै संघ, संस्था, समुदाय तथा व्यक्तिहरुलाई अपील गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    0 comments: