मजदूरहरु आन्दोलनमा

Posted on
  • May 26, 2008
  • by
  • mukesh
  • in
  • Labels:
  • वीरगंज १२ जेठ/
    वीरगंज तयारी पोशाक, व्याग तथा होजियारी कटिङ मास्टर संघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । १२ जेठमा एक ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीको कार्यालयमा बुझाएको हो ।

    सो ज्ञापन पत्रमा तयारी पोशाक तथा होजियारी मजदुरहरुको उचित मांग संवोधन नगरे १२ गतेदेखि सशक्त आन्दोलनमा जाने उल्लेख छ । संघर्षका कार्यक्रममा जेठ १४ गते सवै फैक्ट्रीहरुमा तालाबन्दी, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय पर्सा, श्रम कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयमा शान्तिपूर्णधर्ना, १६ गते कालोपट्ट िबाूधी नगर परिक्रमा गरी नारा जुलुस, १७ गते कालोपट्ट बांधी मजदुरहरुद्वारा जिल्ला प्रशासन कार्यालयमा घेराउ, जेठ १८ गते घण्टाघरमा रिले अनसन, २१ गते आमरण अनसन रहेका छन् ।

    ज्ञापन पत्रमा राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेल्ने वर्ग हो तर यहा श्रमजीवी वग मजदूरहरु नै सवैभन्दा बढी शोषित छन् । नया रेट सम्बन्धमा वैशाख २६ गते वार्ताको वातावरण नबनाए वा पहल नभए २९ गते देखि अनिश्चितकालीन हडताल गर्ने भनि संघलेपत्र पठाएकोमा तत्पश्चात पनि कुनै वास्ता र वातावरण सिर्जना नगरी उल्टै न्यू लक्ष्मी रेडिमेड उद्योग लगायत केही उद्योगले भारतबाट मजदूर ल्याई रातिको समयमा काम गराउदै आएकोले फैक्ट्रहरुमा मजदूहरुले धर्ना दिइरहेको बुझिएको छ ।मजदूरहरु आन्दोलनमा

    वीरगंज १२ जेठ/
    वीरगंज तयारी पोशाक, व्याग तथा होजियारी कटिङ मास्टर संघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । १२ जेठमा एक ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीको कार्यालयमा बुझाएको हो ।

    सो ज्ञापन पत्रमा तयारी पोशाक तथा होजियारी मजदुरहरुको उचित मांग संवोधन नगरे १२ गतेदेखि सशक्त आन्दोलनमा जाने उल्लेख छ । संघर्षका कार्यक्रममा जेठ १४ गते सवै फैक्ट्रीहरुमा तालाबन्दी, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय पर्सा, श्रम कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयमा शान्तिपूर्णधर्ना, १६ गते कालोपट्ट िबाूधी नगर परिक्रमा गरी नारा जुलुस, १७ गते कालोपट्ट बांधी मजदुरहरुद्वारा जिल्ला प्रशासन कार्यालयमा घेराउ, जेठ १८ गते घण्टाघरमा रिले अनसन, २१ गते आमरण अनसन रहेका छन् ।

    ज्ञापन पत्रमा राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेल्ने वर्ग हो तर यहा श्रमजीवी वग मजदूरहरु नै सवैभन्दा बढी शोषित छन् । नया रेट सम्बन्धमा वैशाख २६ गते वार्ताको वातावरण नबनाए वा पहल नभए २९ गते देखि अनिश्चितकालीन हडताल गर्ने भनि संघलेपत्र पठाएकोमा तत्पश्चात पनि कुनै वास्ता र वातावरण सिर्जना नगरी उल्टै न्यू लक्ष्मी रेडिमेड उद्योग लगायत केही उद्योगले भारतबाट मजदूर ल्याई रातिको समयमा काम गराउदै आएकोले फैक्ट्रहरुमा मजदूहरुले धर्ना दिइरहेको बुझिएको छ ।

    0 comments: