वीरगंज ९ जेष्ठ/
भारतबाट प्रतिबन्धित कुखुराको चल्ला भित्र्याई बिक्री वितरण गर्ने गिरोहले जिल्ला पशु सेवा कार्यालय, पर्सालाई धम्काउने गरेको छ । पशु सेवा कार्यालयले प्रतिबन्धित चल्ला कार्यालयको सिफारिसमा मात्र बिक्री वितरण गर्न पाउने व्यवस्था र्सार्वजनिक गरेपछि सिफारिसका लागि त्यस्ता गिरोहबाट धम्काउने कार्य भइरहेको जनाएको छ ।
कार्यालयले पिपराका देवेन्द्र कुर्मीले धम्की दिएको जनाएको छ । भारतमा बर्डफ्लू देखा परेपछि सीमावर्ती क्ष्ँेत्रबाट अन्डा, चल्ला र तयारी कुखुरा भित्रिने संभावना प्रबल देखिएकोले सरकारले यसको आयातमा प्रतिबन्ध लगाएको र बिक्री हेतु पशु सेवा कार्यालयको सिफारिस अनिवार्य गरेको छ ।
पशु सेवा कार्यालय, वीरगंजका प्रमुख डा. गोविन्द झाले चोरी पैठारी नियन्त्रणका लागि प्रहरी प्रशासनका साथै नगर प्रहरीको सक्रियता बढाउन आग्रह
गरे तापनि खासै चासो नदेखाइएको गुनासो गर्नुभएको छ ।
0 comments:
Post a Comment