वीरगंजमा संचालित रेष्टुरेन्टहरुलाई एकहप्ते अल्टिमेटम

Posted on
  • May 23, 2008
  • by
  • mukesh
  • in
  • Labels:
  • वीरगंज ९ जेष्ठ/

    वीरगंजमा संचालित रेष्टुरेन्टहरुलाई एक हप्ताभित्र बन्द गर्न तराईमा सशस्त्र संघर्ष संचालन गरिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वीसिंह समूहले विज्ञप्तिमार्फत जनाएको छ ।

    विज्ञप्तिमा वीरगंजमा संचालित रेष्टुरेन्टका संचालकको अपराधिक व्यक्तिहरुसंग साठगाठ हुनेगरेकाले वीरगंजका व्यापारी र सर्वसाधारण नागरिकलाई धम्की आउने गरेको प्रमाण आफूहरुलेपाएके कारण तत्काल बन्द गर्न समूहका नगर इन्चार्ज अरविन्द विद्रोहीले चेतावनी दिएका छन् ।

    एक हप्ताभित्र रेष्टुरेन्ट बन्द नगरे भौतिक कारबाही गर्ने चेतावनी समेत जारी विज्ञप्तिमार्फत दिएको छ ।

    0 comments: