प्रधानमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआएसम्म सदन बहिष्कार जारी राख्दछौं- डा.महत

Posted on
  • Dec 26, 2008
  • by
  • mukesh
  • in
  • काठमाडौं, ११ पौष । डा.रामशरण महतले नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डबाट ९ बुंदे माग कार्यान्वयनका सम्बन्धमा चित्तबुझ्दो सम्बोधन नआएसम्म सदन बहिष्कार गरिरहने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीचको बैठक सहमतिमा पुग्न नसकेको बताए ।
    'प्रधानमन्त्रीबाट चित्तबुझ्दो सम्बोधन नआएसम्म सदन बहिष्कार भइरहन्छ,' डा.महतले भने,'हामी जवाफ भन्दा पनि कार्यान्वयन भएको हर्ेन चाहन्छौं ।' कब्जा गरिएका घरजग्गा फिर्ता, वाइसिएलको अर्धसैनिक संरचना खारेजीलगायतका सम्बन्धमा विगतको प्रतिवद्धता कार्यान्वयनमा आफूहरुले स्पष्ट धारणा राखेको उनको भनाई थियो ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा प्रधानमन्त्रीले सहमति कार्यान्वयन अनुगमनका लागि संसदीय समिति गठनको प्रस्ताव राखेकोमा आफूहरुले पहिले कार्यान्वयनपछि मात्र अनुगमन समिति गठन गर्नुपर्ने स्पष्ट धारणा राखेको बताए । सेना समायोजन विशेष समितिमा भने सहमतिको संकेत देखिएको बताए । 'समितिलाई पर्ूण्ाता दिनेबारे सहमतिको नजिक पुगेका छौं,' महतले भने,'कुरा मिल्छ ।'

    हिमालले मजदूरलाई पर्ुनबहाली गरे पन्त र केसीलाई प्रहरीसमक्ष बुझाउछौं

    काठमाडौं, ११ पौष । अखिल नेपाल टूेड युनीयन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले हिमालमाथि आक्रमणमा आरोप लगाइएका रमेश पन्त र रमेश केसीलाई पक्राउ गर्नुअघि हिमालबाट निष्काशित १६ जना मजदूरको पर्ुनवहाली हुनुपर्ने शर्त अगाडि सारेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले मजदूरलाई कुल्चेर प्रहरी अगाडि बढ्न खोजे सडकमा ओर्लेर प्रतिकार गर्ने चेेतावनी दिए ।
    'रमेश पन्त र रमेश केसी हाम्रो साथमा हुनुहुन्छ,' जमरकट्टेलले भने,'हिमालले निष्काशन गरेका मजदूरलाई पर्ुनवहाली गरोस् हामी पन्त र केसीलाई प्रहरीसमक्ष बुझाउछौं ।' मजदूर पर्ुनबहाली नगरेसम्म पन्त र केसीमाथि प्रहरी कारबाही अगाडि बढ्न दिदैनौं । आफूहरुलाई अपराधि सावित गरी कारबाही गर्न चुनौती समेत दिए । प्रेस स्वतन्त्रतामाथि आक्रमण नगरेको दाबी गर्दै मजदूरमाथि शोषण गर्ने मजदूरहरुमाथि सशक्त रुपमा प्रस्तुत भएको बताए । हिमालमाथि आक्रमण गर्ने शैली बेठिक भएपनि त्यस्तो परिवेशको निर्माण हिमाल स्वयंले सृजना गरेको आरोप लगाए ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै जमरकट्टेलले मजदूरहरुको पक्षमा उठेको आन्दोलनमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे । 'मजदूरको विपक्षमा नउभिनुस्, यस्तो हो भने श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि योभन्दा ठूलो लर्डाईं लड्नुपर्ला ।' पत्रकार र संचार क्षेत्रमा कार्यरत मजदूरको अधिकारका लागि नेपाल पत्रकार महासंघलाई नेतृत्व लिन आग्रह गरे । महासंघले नेतृत्व लिए आफूहरु पछि लागेर सहयोग गर्ने बताए । कान्तिपुरले विगतको सहमति कार्यान्वयन नगरेकाले आन्दोलन शुरु भएको बताए । आफूले सहमति कार्यान्वयनका लागि कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियासंग कुरा गर्न खोज्दा भेट्न अस्वीकार गरेको बताए ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले प्रेसमाथि आक्रमण गरेर माओवादीले मुलुकलाई अधिनायकवादतर्फधकेल्न खोजेको आरोप लगाए । 'लोकतन्त्रका आधारमाथि एकपछि अर्को आक्रमण गरिएको छ,' महतले भने,'देशलाई अधिनायकवादतर्फधकेल्ने षड्यन्त्रविरुद्ध सबै सशक्त रुपले प्रस्तुत हुनर्ुपर्छ ।' माओवादीले कानुनी राज्य, मानवअधिकार, विधिको शासनको धज्जी उडाएको आरोप समेत लगाए । लोकतन्त्रमाथि आक्रमण गर्ने क्रियाकलाप सह्य नहुने भन्दै आन्दोलनको चेतावनी दिए । हिमालमाथि आक्रमण गर्नेहरुमाथि कारबाही नभएको भन्दै सरकारको आलोचना गरे ।
    नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले हिमालमाथि आक्रमण गर्नेमाथि कारबाही नभए गृहमन्त्री वामदेव गौतमले राजीनामा दिनुपर्ने बताए । माओवादीले प्रेसमाथि एकपछि अर्को गर्दै आक्रमण गरेको भन्दै त्यसमाथि कडा रुपमा प्रस्तुत हुनुपर्ने बताउदै भने,'प्रेसमाथि आक्रमण गर्नेमाथि कारबाही नगरे गृहमन्त्रीले राजीनामा दिनर्ुपर्छ, नभए पार्टर्ीी सरकारबाट फिर्ता बोलाउंछ ।' माओवादीले लोकतन्त्रको आधारमाथि प्रहार गर्ने क्रम नरोके एमाले माओवादीको नेतृत्वको सरकारमा टासिइनरहने बताए । प्रेस स्वतन्त्रतामाथि धावा बोल्नेहरुमाथि लोकतन्त्रवादीहरु सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बताए । देशमा दण्डहीनता बढेको भन्दै दोषीमाथि कारबाहीका लागि दबाब सृजना गरिरहनुपर्ने बताए ।
    तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी प्रवक्ता र्सर्वेन्द्रनाथ शुक्लाले माओवादीले प्रेस स्वतन्त्रतामाथि आक्रमण चलाएको आरोप लगाए । जनताको मौलिक हक अधिकार खोस्ने अभ्रि्रायका रुपमा आक्रमणलाई लिएको बताउदै भने,'लोकतन्त्रतालाई समाप्त पार्न माओवादी लागेको छ । हामी चुप लागेर बस्दैनौं ।' प्रेसमाथि आक्रमण हुदा पनि गृहमन्त्री लाचार छाया बनिरहेको बताए । प्रेसलाईनै सुरक्षा दिन नसक्ने गृहमन्त्री पदमा बसिरहन नहुने बताए ।
    नेपाल पत्रकार महासंघका उपसभापति गोविन्द आचार्यले प्रेसमाथि आक्रमण गर्नेमाथि निशर्त कारबाही हुनुपर्ने बताए । जमरकट्टेलको शर्तप्रति संकेत गर्दै भने,'प्रेसमाथि आक्रमण गर्नेमाथि कारबाहीका लागि कुनै शर्त राख्नु हास्यास्पद हो ।' कानुनी राज्यमा अपराध गर्नेमाथि कारबाही हुनर्ुपर्छ भन्दै कारबाही नभए दण्डहीनता बढ्ने बताए । प्रेसमाथि विगतबाटै आक्रमण भएको भन्दै श्रमजीवी पत्रकारको सुरक्षाका लागि पनि सशक्त रुपमा प्रस्तुत हुने बताए । कुनैपनि बहानामा प्रेसमाथि हुने आक्रमणका विरुद्ध महासंघ आन्दोलनमा उत्रने बताए ।
    नेपाल पत्रकार महासंघका पर्ूव सभापति विष्णु निष्ठुरीले प्रेसमाथिको आक्रमण सह्य नहुने बताए । उनले प्रेसमाथिको शृंखलावद्ध आक्रमणको अभ्रि्राय अरुनै हो भन्दै त्यविरुद्ध कडा रुपमा प्रस्तुत हुन आग्रह गरे ।
    नेपाल बार एशोशिएसनका अध्यक्ष विश्वकान्त मैनालीले प्रेसमाथि आक्रमण गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने बताए । दोषीलाई छुट दिए दण्डहीनता बढेर आक्रमणका घटना बढ्नेतर्फसचेत गराए ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रेसमाथि भइरहेको शृंखलावद्ध आक्रमणविरुद्ध शान्तिपर्ूण्ा आन्दोलनका विकल्प नभएको बताए । उनले आइतबारबाट प्रधानमन्त्री निवास बालुवाटारमा आमरण अनसन बस्ने बताउदै भने,'प्रेसमाथिको आक्रमणविरुद्ध संचारकर्मीहरु एकजुट भई अगाडि बढ्नर्ुपर्छ ।' प्रेसलाई निर्वाध संचालन गर्न दिनुपर्ने भन्दै आक्रमणकारीहरुलाई कानुनी कारबाही गर्नुपर्ने बताए । कार्यक्रम समाप्त भएपछि हिमाल मिडिया र आप्का हाउसबाट निष्काशनमा परेकाहरुले होहल्ला गरी धमलालाई आक्रमणको धम्की दिए । उनीहरुले मालिकको पक्षमा लागेको आरोप लगाउदै हातपातको प्रयास गरेका थिए । आइतबारबाट बस्ने आमरण अनसनकाविरुद्ध आफूहरु पनि अनसन बस्ने चेतावनी दिए ।
    दी हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनालले प्रेसमाथिको आक्रमण लोकतन्त्रमाथिकै आक्रमण हो भने । उनले समस्या वार्ताबाट समाधान गर्नुपर्छ भन्दै स्वतन्त्र प्रेसमाथि अवरोध सृजना नगर्न भने ।

    0 comments: