वीरगंज, ११ पुस/ नेकपा एमालेका पर्ूव महासचिव माधवकुमार नेपालले युथ फोर्स भनेको वाइसिएल जस्तो अर्ध सैनिक भष्मासुर संरचना होइन बताएका छन् ।
आज वीरगंजस्थित बाल मन्दिरमा ँयुवाः नया“ नेपालको संवाहक’ नाराका साथ नेपाल जेसीजको ३५ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेपालले भने देशका प्रधानमन्त्रीले राष्ट्रिय पोशाक विर्सिए पनि नेपाली युवाहरुले दौरा, सुरुवाल, टोपी बिर्सन हु“दैन । हाम्रो देशमा पनि गौरब गर्ने कुराहरु धेरै छन् । नेपाली हामी नकारात्मक र छ्रि्रान्वेषण प्रवृत्ति, संकिर्ण्र्ााानसिकता र मनोरोगबाट ग्रसितछौं । त्यसैले नकारात्मक प्रवृत्ति परित्याग गर्ने घोषणा गर्नुपर्दछ ।
नेपालले १२ बुंदे पुरानो राजनीतिक समझदारीले अब देश चल्न सक्दैन भन्दै युवाहरु नै प्रगति र परिवर्तनका बाहक हुन् । युवाहरुमा नै उर्जाशक्ति भरपुर हुन्छ । युवाहरुमा रहेको सिर्जनात्मक र रचनात्मक उर्जा नै समाज निर्माणको आधार हो । राष्ट्रको ऐना हर्ेर्ने हो भने युवाहरुलाई हेरे हुन्छ । असल युवाहरु गुणस्तरयुक्त युवाहरु उत्पादन गर्न सकिएन भने राष्ट्रको उन्नति हुंदैन ।
विशिष्ठ अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले उद्यमी, व्यवसायीहरुमा आशा छ, उत्साह छैन, कानुनी राज्यको अवधारणा, शान्ति प्रक्रिया जस्तो मुख्य उद्येश्यलाई कार्यान्वयन गर्नमा युवाहरु संगठित हुनर्ुपर्दछ भने ।
महाधिवेशनमा सम्मानित पांच उत्कृष्ट युवा व्यक्तित्व मध्येका गगन थापाले नेपाली युवाहरुको राम्रो प्रयत्नलाई नेपाल जेसीजले उत्प्रेरित गरेको छ । लोकतन्त्रको गाडीलाई गन्तव्यसम्म पुर्याउन सकिएको छैन । संविधान निर्माणमा राष्ट्रव्यापी दबाब दिन जेसीज महाधिवेशनले सकोस् भन्दै जेसीजबाट राष्ट्रिय राजनीतिक दलहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको बताए ।
अर्का सम्मानित व्यक्तित्व लोक गायक मिलन लामाले राजनैतिक दलहरुले देशभरका युवाहरुलाई संगठित बनाइ सिर्जनशील र रचनात्मक कार्यतर्फ परिचालन गर्नुपर्ने बताए ।
आतिथ्य शाखा वीरगंज जेसीजका अध्यक्ष गंगासागर श्रेष्ठ र उनकी धर्मपत्निलाई पनि विशेष सम्मानका साथ आशन ग्रहण गराइएको थियो ।
नेपाल अधिराज्यका १०१ जेसीज शाखाको प्रतिनिधित्व गर्दै राष्ट्रिय महाधिवेशनमा करिब १५ सय सहभागीहरु थिए । सो महाधिवेशन तीन दिनसम्म चल्नेछ । विश्वका ११६राष्ट्रमा रहेको जेसीज संस्थाको नेपालमा १०१ शाखा छन् ।
विद्युत प्राधिकरणमा धर्ना
वीरगंज, ११ पुस/ विद्युत संर्घष्ा समिति पिपराका स्थानीयबासिन्दाले नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रमा दुइ घण्टा धर्ना दिएका छन् ।
आज पिपरा गाउ“बाट निस्किएको एक र्यालीले विद्युत कटौति कम गरलगायत नारा लगाउंदै विद्युत प्राधिकरण कार्यालय अगाडि सडकमा दुइ घण्टा बाटो बन्द गरी धर्ना दिएका हुन् । पर््रदर्शनकारीले मागबारे सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
प्रगतिशिल युवा संघको आपत्ती
काठमाडौं, ११ असोज/ नेकपा मालेनिकट प्रगतिशिल युवा संघ, नेपालले फुटपरस्त तत्वहरुले संघबारे भ्रम सृजना गरेको भन्दै आपत्ती जनाएको छ । ११ पौषमा रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघका संयोजक अइन्द्र सुन्दर नेम्वाङले किर्ते हस्ताक्षर गरी संघबारे फुटको हल्ला फिजाइएको बताएका छन् ।
नेम्वाङले प्रतिशिल युवा संघ एकढिक्का भई युवाहरुलाई सशक्त र राष्ट्रहितमा सक्रिय बनाउने बताएका छन् । उनले युवासंघभित्र बसेर गलत हल्ला चलाउनेहरुमाथि कारबाही गर्ने समेत बताए । यसअघि महासचिव हरिवंश मैनालीसहितका केही सदस्यहरुले संघ छाडेको प्रचार भएको थियो । पत्रकार सम्मेलनमा मैनाली स्वयं उपस्थित भई आफू संघमै रहेको र एकजुट भएर अगाडि बढ्ने बताएका थिए । कार्यक्रम युवा संघको चौंथो राष्ट्रिय सम्मेलन आयोजनाबारे जानकारी गराइएको थियो । फाल्गुण १७, १८ र १९ गते हुने सम्मेलन तयारीका लागि २५१ सदस्यीय सम्मेलन मूल व्यवस्थापन समिति गठन गरिएको जानकारी गराइएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment