बाराका सम्पूर्ण शैक्षकि संस्था बन्द

Posted on
  • Dec 26, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ पुस/ प्रअ थसिनेकुमाथि गोली प्रहार घटनाको विरोधमा बाराका सम्पर्ूण्ा शैक्षकि संस्था बन्द भएका छन् ।
    आज नेपाल शिक्षक युनियन बारा शाखाको आहवानमा जिल्ला सवै शैक्षकि संस्था बन्द भएका हुन् । शिक्षकहरूको एक भेलाबाट थप संर्घष्ाका कार्यक्रम अगाडि बढाउने युनियनका जिल्ला अध्यक्ष भरत साहले बताए ।
    नेपाल शिक्षक युनियनले विद्यालयलाई शान्ति क्षेत्र घोषण्ँा, गोली हान्ने समूहलाई पक्राउ गरी कारवाही र शान्ति सुरक्षाको माग गर्दै अनिश्चितकालिन विद्यालय बन्दको आह्वान गरेको हो ।
    यता काठमाडौंबाट प्राप्त समाचार अनुसार गोली प्रहार बाट घाइते प्रधानाध्यापक निर्मला थसिनेकुको अवस्था गम्भीर भएको पारिवारिक स्रोतले जनाएको छ । गोलीको प्रभाव फोक्सोमासमेत परेका कारण्ँ उनलाई महाराजगंजस्थित शिक्षण्ँ अस्पतालको आइसीयु कक्षमा राखी उपचार भइरहेको छ ।
    अज्ञात हतियारधारी समूहले कलैया नगरपालिका-७, बरेवास्थित पन्नादेवी कन्या माविका प्रधानाध्यापक तथा बरेवा वडा नं. ९ निवासी पत्रकार तथा पत्रकार महासंघबाराका पर्ूव संयोजक जयचन्द थसिनेकुको श्रीमती निर्मला थसिनेकुलाई गोली प्रहार छातीमा गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
    गोली प्रहारको जिम्मेवारी तर्राई कोब्राका बारा इन्चार्ज बिबेकले लिएको विभिन्न संचारमाध्यमले जनाएको छ ।

    0 comments: