मानवअधिकार उल्लंघनका घटनाप्रति समाजको चिन्ता

Posted on
  • Dec 26, 2008
  • by
  • mukesh
  • in
  • बीरगंज, ११ पुस/ बिगत केही दिनयता बीरगंज र आसपासका क्षेत्रमा भएका बिभिन्न मानवअधिकार उल्लघनका घटनाप्रति मानवअधिकार तथा शान्ति समाज पर्सा शाखाले गम्भीर चिन्ता ब्यक्त गरेको छ ।
    बिहीवार समाजले बिज्ञप्ति जारी गरी यस्ता घटनाप्रति संस्थाको ध्यानाकर्षा भएको बताउदै चिन्ता ब्यक्त गरेको हो । समाज पर्साका सभापति मनोज उपाध्यायले जारी गरेको बिज्ञप्तिमा बीरगन्जका ब्यापारी राजेश क्यालको हत्या लगत्तै बाराको सदरमुकाम कलैया घुसुकपुर स्थित पन्नादेवी कन्या माविकी प्रधानाध्यापिका निर्मला थसिनेकुमाथि दिनदहाडै गोली प्रहारको घटना र मुलुकका स्वतन्त्र सञ्चार माध्यममाथि भईरहेको सिलसिलाबद्ध आक्रमणले मानवअधिकारका न्य’नतम मान्यतामा नै आघात पुगिरहेको उल्लेख छ ।
    तर्राई क्षेत्रमा दिनप्रतिदिन बढ्दो असुरक्षाको अवस्थामा नागरिकको सुरक्षित र निर्भयतापर्ूवक बांच्न पाउने अधिकारको हनन् भएको ठहर समाजले गरेको छ । त्यसैगरी राज्य सञ्चालनको जिम्मेवारी लिएका प्रमुख दल निकट संगठनका कार्यकर्ताबाट राजधानीको हिमाल मिडिया र बीरगंजको अंकुश दैनिकमा भएको आक्रमणले आमनागरिकको सूचनाबाट सुसूचित हुने अधिकारमा ठाडो हनन् भएकोमा समाजले सोको भत्र्सना समेत गरेको छ ।
    जुनसुकै उद्देश्यले भएपनि आमनागरिकमाथि भईरहेको आक्रमण गोली प्रहार गर्ने कार्य निन्दनीय भएकोले त्यस्ता कार्य तत्काल बन्द गरी बार्ता र सहमतिलाई समस्या समाधानको माध्यमको रुपमा स्थापित गर्न समाजले आग्रह पनि गरेको छ ।
    समाजको बिज्ञप्तिमा राज्यलाई आमनागरिकको सुरक्षाको ग्यारेन्टी र स्वतन्त्र सञ्चार माध्यम र आबद्ध सञ्चारकर्मीमाथिको सुनियोजित आक्रकणका सिलसिलालाई तत्काल बन्द गरी मानवअधिकार सुरक्षि त ह’ने वाताबरण बनाउन आग्रह पनि गरेको छ ।

    0 comments: