वीरगंज, १४ पुस/ रौतहटको वीरेन्द्र राजमार्गअर्न्तर्गत जयनगर चोकनजिकै ट्याक्टर पल्टिंदा १ जनाको मृत्यु भएको छ।
गए राति गरूडा बजारबाट फलामे छड लिएर गइरहेको ना १ त ३६ १२ नम्बरको ट्याक्टर दुघटना हुंदा २५ वर्षर्ीीवीरेन्द्र महराको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ ।
ट्याक्टर पल्टिएर थिचिएपछि ट्याक्टरमा रहेका महराको मृत्यु भएको थियो ।
अपाङ शिक्षकलाई आर्थिक सहयोग
वीरगंज, १४ पुस/ विद्या सदन माविमा कार्यरत शिक्षक कृष्णविहारी राय यादवलाई सो विद्यालयले आर्थिक सहयोग गरेको छ ।
कलैयाबाट वीरगंज आउने क्रममा बाराको मोतीसर भन्ने स्थानमा भदौ २६ गते दर्ुघटनामा परी दाहिने खुट्टा गुमाउन पुगेको हुंदा शिक्ष्ँकमाथि परेको विपत्तिलाई हृदयगंम गरी कृत्रिम खुट्टा बनाउन विद्यालयका सम्पर्ूण्ा विद्यार्थीहरु, शिक्ष्ँक र शिक्षिकाहरु तथा विद्यालय परिवारले आर्थिक सहयोग स्वरुप नगद एकमुष्ट रु १० हजार १ रुपियां सहयोग गरेको जनाएको छ ।
निज अपाङ शिक्षकलाई थप सहयोग गरी उनको दैनिकी सहज बनाइदिन विद्यालयका प्रिन्सीपल लालबहादुर यादवले आग्रह गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment