तुलसा बस्नेत,
पालुङ, १४ पुस/ मकवानपुरको वज्रवाराहिको फर्सिखेल स्थित वज्रवाराहि उच्च माविको प्रथम वाषिर्क उत्सव, दाता सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रमको स्थानिय विकासमन्त्री रामचन्द्र झाले मध्यान्न १२ वजे उद्घाटन गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर सुवेदिको अध्यक्षतामा भैरहेको कार्यक्रममा मकवानपुरका पर्ूव सभाषद विरबहादुर लामा , एमाले ज्ािल्ला सदस्य विश्वप्रसाद ढकाल , विद्यालयका सँस्थापक शिक्षक प्राध्यापक डा श्यामशुन्दर भक्तमाथेमा , नेपाली काँग्रेश जिल्ला सदस्य प्रमोदकृष्ण जोशी लगायतको उपस्थिति छ ।
मन्त्री झाले विद्यालयको भौतित निर्माणमा सहयोग गर्ने तथा चन्दा दातालाई प्रमाण पत्र वितरण गर्नुभयो । विदालयका प्राचार्य शम्भुशँकर वर्ताैलाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभयो । आर्थिक सहयोग जुटायो भने स्नातक तह सम्मको कक्षा सँञ्चालन गर्न तयार रहेको उहाको भनाई छ । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक पुरुषेात्तम सुवुदी राख्नुभयो । कार्यक्रममा विभिन्न सँस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment