वीरगंज, १४ पुस/ नेपाल राष्ट्रवाद संघ पर्साले स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गर्यो ।
आज वीरगंज-१८ प्रतिमाचोकस्थित स्व. श्री ५ वीरेन्द्र वीर विक्रम शाह देवको शालिकमा माल्यअर्पण गरी उनले नेपालप्रति दिएको इतिहासको व्याख्या गरिएको थियो ।
कार्यक्रममा नन्दकिशोर गोयल, नरेश गिरी, पशुपति विक्रम शाह, पशुपति रौनियार, ओली आलम, गंगाबहादुर थापा, शिवशंकरप्रसाद, धमेन्द्रकुमार, राजकुमार साह, राजेश पटेल, संगीता देवी, वीरेन्द्र साह, विष्णुकुमार, कृष्णप्रसाद, रमेशकुमार यादवलगायतले बोलेका थिए । सो कार्यक्रम संघका अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment