काठमाडौं, १० पुस नेपाली सेनाको रासनठेक्कामा व्यापक अनियमितता भएको भन्दै ठेकेदारहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
आज रिपोर्र्टर्स क्लब नेपालका पत्रकार सम्मेलन गरी कम खर्चमा श्री बन्दोवस्ती अड्डा जगन्नाथ देवलमा काठमाडौं जिल्लाभरका सैनिक व्यारेकहरुका लागि २७ वटा व्यापारिक र्फमले रासन सप्लाई टेण्डर भरेकोमा घटीलाई दिनुपर्नेमा बढीलाई ठेक्का अनुमति दिएर अनियमितता भएको भन्दै आन्दोलनकेा चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा ठेकेदारहरुले नवौं नम्बरका र्फमहरु बुद्ध सप्लायर्स, पिया ट्रेडिङ र हनुमान सप्लायर्सलाई ठेक्क अनुमति दिएर देशलाई ७ करोड नोक्शानीमा पुर्याइएको आरोप लगाए । ठेकेदार अशोककुमार अग्रवालले एक वर्षका लागि ४७ करोड रुपियांमा ठेक्का दिइएको बताउदै भने,'सबैभन्दा कममा रासन ठेक्का गर्न आवेदन दिनेलाई अनुमति दिइएको भए ४० करोडले पुग्थ्यो ।' ठेक्का पार्न खाद्य आपूर्ति ठेकेदार संघका पदाधिकारीहरु अध्यक्ष पुष्प पिया, उपाध्यक्ष ज्ञानु कार्की, महासचिव रमेश पाठक, सचिव राजेन्द्र जोशी, कोषाध्यक्ष प्रेम रञ्जित, सदस्य निर्मल रञ्जितसहितको समूहले कमिशनको खोलो बगाएको ठेकेदारहरुको आरोप थियो । ठेकेदारहरुले मट्टीतेल सप्ताईमा पनि करोडौंको अनियमितता हुनेगरेको खुलासा गरे ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment