संघीयतामा जानु खतरनाक-संविधानविद आचार्य

Posted on
  • Dec 25, 2008
  • by
  • mukesh
  • in
  • काठमाडौं, १० पुस संविधानविद एवं सभासदहरुले संघीयतामा जानु अघि त्यसको खतराको निक्र्यौल गर्नुपर्ने बताएका छन् ।
    आज रिपोर्र्टर्स क्लब नेपालमा वामदेव गौतम, भूमिराज शर्मा र डिल्लीराम देवकोटाद्वारा मस्यौदा गरिएको नमूना संविधान र्सार्वजनिक कार्यक्रममा बोल्दे संघीयतामा जादाको परिणाम नबुझी अगाडि बढ्दा दर्ुघटना हुनसक्ने चेतावनी दिएका हुन् । संविधानविद भीमाजुन आचार्यले संघीयतामा जादा देश बिखण्डन हुनसक्ने बताए । उनले भने,'संघीयतामा जानुअघि परिणाम सोच्नर्ुपर्छ, यसले देश बिखण्डनसम्म पुग्नसक्छ ।' संघीयतामा जानुभन्दा मुलुकलाई वीकेन्द्रीकृत शासन प्रणालीमा लान सुझाव दिए । संविधान बनाउनेभन्दा दलहरु अन्य विवादमा अल्भिmएको भन्दै आलोचना गरे । तोकिएको समयमै संविधान बनाउन जनताले दबाब सृजना गर्नुपर्ने बताए ।
    नेकपा एमालेका सभासद रवीन्द्र अधिकारीले सिंगो मुलुक संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए । संविधान निर्माणभन्दा राजनीतिक दलहरु अन्य विवादमा अल्भिmएको भन्दै आलोचना गरे । उनले भने,'संविधान निर्माणका लागि जनताले दलहरुलाई सचेत गराउन आवश्यक भएको छ ।' कस्तो संविधान बन्ने भन्नेबारे जनताले आ आफ्नो स्थानबाट आवाज उठाउने बेला भइसकेको बताए । संघीयतामा जानुअघि देशको परिस्थिति र आर्थिक संरचनालाई पनि ध्यान दिनुपर्ने बताए । संविधानविद चन्द्रकान्त ज्ञवालीले संघीयतामा जादा दलहरुले राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए । उनले भने,'दलहरुले राष्ट्रको सर्वोच्चता र एकतालाई आधार मानेर संघीयताको बहस चलाउन जरुरी छ ।' संघीयतामा जादा जातीयता र क्षेत्रीयता भन्दा भौगोलिक, सामाजिक र आर्थिक विषयलाई मध्यनजर राख्नुपर्ने बताए ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले संविधान निर्माणका लागि आम जनता आ आफ्नो स्थानबाट जागरुक हुने बेला आइसकेको बताए । नेपाली जनताको भावना अनुसारको संविधान निर्माणका लागि दलहरुले दबाबमुलक अभियानको शुरुवात गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा मस्यौदाकारहरु वामदेव गौतम, भूमिराज शर्मा र डिल्लीराम देवकोटाले नमूना संविधानको उद्येश्यबारे जानकारी गराएका थिए ।

    0 comments: