पाल्पा, १२ पुस/ संचार माध्यम र पत्रकारहरुमाथी भएको आक्रमणको विरोधमा आज पाल्पाली पत्रकारहरुले मुखमा कालो पट्टी बाधेर एक घण्टा पर््रदर्शन गरेका छन ।
नेपाल पत्रकार महासंघ पाल्पाको आहृवानमा पत्रकारहरुले आफ्ना औजार कलम, क्यामरा र रर्ेकर्डर लगायतका सामाग्री नचलाई विरोध पर््रदर्शन गरेका हुन । तानसेनको आन्दोलन चोकमा भएको कार्यक्रममा मिडिया माथी आक्रमण गर्नेलाई तत्काल कारवाही गर्नु पर्ने, पत्रकारहरुको सुरक्षा हुनु पर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रंत्याभुती हुनु पर्ने लगायतका माग पत्रकारहरुले राखेका छन । विरोध पर््रदर्शनमा नागरीक समाज, विभिन्न पेशागत संघ संगठनले पनि ऐक्यवद्धता जनाएका थिए ।
विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगावन भण्डारीले निरंकुशता र सामन्तवादका विरुद्ध लडेको प्रेसले कुनै प्रकारको दमनलाई स्वीकार नगर्ने बताउनुभयो । उहाँले नव सामन्तवादको जन्म हुन पत्रकारहरुले नदिने धारणा समेत व्यक्त गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment