वीरगंज, १२ पुस/पर्सा जिल्लामा पर्यटन पत्रकारिता क्षेत्रीय कार्यशाला गोष्ठी सम्पन्न भयो ।
आज नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजित क्षेत्रीय कार्यशालामा जिल्ला विकास समिति पर्साका पर्ूव सभापति एवं तर्राई पर्यटन विकास समिति, पर्साका अध्यक्ष जनार्दन सिंह क्षेत्रीले पर्सामा पर्यटन विकासको संभावनासम्बन्धी एक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पर्यटन पत्रकारिता क्षेत्रीय कार्यशालामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाल, वातावरण पत्रकार चन्द्रकिशोर झा, राष्ट्रिय समाचार समिति नारायणी अंचलका प्रमुख शितल महतोले पर्सा जिल्लामा पर्यटन विकासका प्रबल संभावना रहेको र पर्सा वन्यजन्तु आरक्षलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिवेदनमा पर्यटन विकासका पाइलालाई र्सार्थक रुप दिन स्थानीय निकायहरु, राजनीतिक दलका महानुभावहरु, नागरिक समाज, उद्योग वाणिज्य संघहरु, एसएनभि नेपाल तथा पत्रकारहरुको संयुक्त पहलमा तर्राई पर्यटन विकास समितिले एकीकृत जिल्ला पर्यटन विकास योजना २००९-२०१३ पर्सा, बारा, रौतहट र वरपरकोक्षेत्रमा तर्जुमा गरेको उल्लेख छ । पर्साका ऐतिहासिक एवं धार्मिक स्थल पारसनाथ, दुग्धेश्वर महादेव, गीता मन्दिर, विन्दवासिनी, जीरा भवानी, पर्सा गढी, अलौ, माईस्थान, मन्दिर, नेपालको प्रमुख प्रवेशद्वार शंकराचार्य गेट, घडीअर्वा पोखरीको म्युजिकल फाउन्टेन, भिस्वा चैत्य बिहार, भुटनदेवी, बढनीहार गादीको बुलबुले ताल, सबैया प्रस्तावित पार्क, ठोरीको रमणीय प्राकृतिक दृश्य, पर्सा वन्यजन्तु आरक्षण आदि पर्यटकीय गन्तव्यको रुपमा देखा परेको उल्लेख छ ।
रामभौरीभाटा क्ष्ँेत्रलाई सिमसार क्षेत्रको रुपमा विकसित गर्न सकिने, आदिवासीहरुको बसोबास स्थल सोनवषर्ा, गादी, विरुवागुठी, रमौली प्रतापपुर, भिलेज टुरका लागि घरेलु उद्योगका सामग्री खरिदका लागि उपयुक्त हुने, रामभौरीभाटा क्याम्पिङ साइट हुनसक्ने प्रतिवेदनमा उल्लेख छ ।
राप्रपाको इकाइ कमिटी गठन
वीरगंज, १२ पुस/ राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीर्साको सभापति गोखुलप्रसाद कर्ुर्मी र नगर सभापति राजेशमान सिंहको उपस्थितिमा वडा नं. १४ र १५ को १५ सदस्यीय इकाइ समिति गठन भएको छ ।
१४ नं. वडा इकाइ समितिको अध्यक्षमा उपेन्द्रकुमार बरै, उपाध्यक्ष हीरामान महतो, सचिव परमानन्द गिरी, कोषाध्यक्ष गोरख भगत माली र सहसचिव नरेशकुमारबरै छन् भने सदस्यहरुमा रामप्रवेश महतो, आश महम्मद अंसारी,रामजित गिरी,महेश्वरलाल महतो, वीरलालप्रसाद, महेन्द्र राउत कर्ुर्मी, रघुनाथ महतो, प्रकाश कान्त, महेन्द्रपासवान छन् ।
त्यसैगरी १५ वडा नं. इकाइ समितिकोअध्यक्ष्ँमा गुलाब अंसारी, उपाध्यक्ष अनुप थापा, सचिव सुशीलकुमार कर्ण्र्ााोषाध्यक्ष हासिम अंसारी, सहसचिवमा प्रदीप कुशवाहा, सदस्यहरुमा बृजकिशोर सिंह, ऐनुल हवारी, लक्ष्मी स्या·बो, रामदरशप्रसादकुशवाहा, अमजद अंसारी, इनायत अंसारी, मन्जुर अंसारी, निजामुद्दिन, पुरुषोत्तम मानन्धर र जयकिशोर यादव रहेका छन् भने संयोजक सल्लाहकारमा गंगाबहादुर थापा र सल्लाहकारहरुमा रामबहादुर थापा, चन्द्रमान जोशी, लक्ष्मी महतो कोइरी र ज·ी साह कानू रहनु भएको थियो ।
बृजलाल अपहरण मुक्त
वीरगंज, १२ पुस/ अज्ञात समूहद्वारा अपहरित पर्सा जिल्लाको बहुअरी पिडारी-३ डकैला निवासी बृजलाल साह रौनियार अपहरण्ँ मुक्त भएका छन् ।
आज बिहान उनलाई अज्ञात समूहले सकुशल अपहरणमुक्त गरिदिएका हुन् ।
अज्ञात अपराधी समूहले उनलाई बिहीवार सांझ ६ बजे धानको खलिहानमा बसिरहेको बेला अपहरण गरेका थिए ।
रक्तदान तथा श्रोता मिलन कार्यक्रम
वीरगंज, ११ पुस/ मध्यतर्राईको ढुकढुकी गढीमाइ एफएम ९१.४ मेघाहर्ज दोस्रो वर्षपार गरी तेस्रो वर्षा प्रवेश गरेको उपलक्ष्यमा आज रक्तदान कार्यक्रम तथा श्रोता मिलन कार्यक्रम सम्पन्न भयो ।
आज गढीमाइ एफएमको प्रा·णमा आयोजित रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका सभापति शत्रुघन नेपाल, ज्युत यादव, ज्ञानेन्द्र मिश्र, नविन गौतम, सर्ुदर्शन अर्याल, राजेश चौधरी, रेखा ओझा, आरसी गिरी, नवराज निरौलालगायत ४० जनाले रक्तदान गरेका थिए ।
त्यसैगरी गढीमाइ एफएमले श्रोताहरुसंग प्रत्यक्ष मिलन कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा विभिन्न स्थानीय श्रोताहरुले गीत, गजल, कविता वाचन गर्नुको साथै एफएमको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
यसैगरी सप्ताहव्यापी कार्यक्रम अनुसार १३ गते वीरगंजको आदर्शनगर रंगशालामा मैत्रीपर्ूण्ा अन्तररेडियो फूटबल प्रतियोगिता र एफएम प्रा·णमा अन्ताक्ष्ँरी कार्यक्रम, १४ गते आदर्शनगर रंगशालामा अन्तर रेडियो फूटबल प्रतियोगिताको फाइनल खेल र पुस १५ गते कलैयामा रक्तदान कार्यक्रम संचालन गर्ने गढीमाइ एफएमका प्रणय कुमारले बताएका छन् ।
वीरगंज जेसीजको अध्यक्ष पदमा राजेश न्याछो हुने
वीरगंज, १२ पुस/ नेपाल अधिराज्यको १०२ जेसीज शाखाबाट करिब १५ सय प्रतिनिधि सहभागी रहेको नेपाल जेसीजको ३५ औं राष्ट्रिय महाधिवेशनले सन् २००९ का लागि १५ सदस्यीय कार्यसमिति आइतवार चयन गर्दैछ ।
अध्यक्ष पदमा ललितपुरका राजेश न्याछो र्-वर्तमान उपाध्यक्ष) को मात्र मनोनयन पत्र दाखिल भएकोले उनी र्सवसम्मतिले अध्यक्ष पदमा निर्वाचित हुनेछन् ।
नेपाल जेसीजको ३५ औं महाधिवेशनको चार दिने कार्यक्रममा पहिलो दिन उद्घाटन, वक्तृत्वकला प्रतियोगिता, एलओएम प्रेसिडेन्ट्स मिटिङ, एलओएम थेमी डाइरेर्क्र्टस मिटिङ, जुनियर जेसीज मिटिङ, मनोरञ्जन, दोस्रो दिन पीस मार्च, नेशनल काउन्सिलर ब्रिफिङ शेसन, महिला जेसीहरुलाई केही पर्यटकीय स्थलको दृश्यावलोकन,साधारण सभाको पहिलो बैठक, दर्ुइवटा आर्थिक विषयमा कार्यपत्रमा कार्यशाला गोष्ठी, दोस्रो साधारणसभा बैठक, दर्ुइवटा तालिम सहभागीहरुका लागि, सिनर्ेर्टस मिटिङ र मनोरञ्जनका कार्यक्रमका साथ सम्पन्न हुनेछ । आइतवारका दिन बिहान ८ बजे ब्रेकफास्टपछि तेस्रो साधारणसभा सत्र -ककस), चौथौ साधारण सभा सत्र -निर्वाचन), महाधिवेशनको समापन र एवार्ड वितरण हुनेछ । चौथो दिन सोमवार बाल मन्दिरमा २००८ र २००९ का पदाधिकारीहरुको संयुक्त बैठक, पद हस्तान्तरण अनि महाधिवेशन तयारी समितिको बैठक बसी महाधिवेशनका सबै गतिविधि सम्पन्न हुने कुरा जेसीज सचिवालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment