नेकपा संयुक्तको देशव्यापी जुलुस प्रदर्शन

Posted on
  • Dec 28, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १३ पुस/ नेकपा -संयुक्त)ले आज प्रधानमन्त्रीलाइ २० सूत्रीय मागसहित ज्ञापन पत्र बुझाइ वीरगंजसहित देशव्यापी जुलुस प्रदर्शन गरेका छन् ।
    आज घण्टाघरमा भेला भएका नेकपा संयुक्तका कार्यकर्ताहरुले विभिन्न नारा लगाउदै प्रजिअमार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको जनाएको छ ।
    ज्ञापनपत्रमा राज्य पुनरसंरचना आयोगलगायत अन्य महत्वपूर्ण आयोगहरु तुरुन्त गठन गर्नुपनेर्, संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित जनपक्षीय संविधान समयभित्रै निमार्ण गर्नुपर्ने, केन्द्रीकृत राज्य प्रणालीको अन्त्य गरी भाषिक, सांस्कृतिक, जातीय, आर्थिक, भौगोलिक एवं प्रशासकीय सुगमताका आधारमा मुलुकलाइ संघीय शासन प्रणालीमा आधारित नयां नेपाल निमार्ण गर्नुपर्ने, मुलुकमा व्याप्त द्वन्द्व, विद्वेष, अपहरण, हत्या, हिंसा, आपराधिक गतिविधि र दण्डहीनताको अवस्था अन्त्य गरी मानव अधिकारको संरक्षण, शान्ति प्रक्रियाको कार्यान्वयन तथा आपसी सदभाव र मेलमिलापको वातावरण सिर्जना्, शान्ति प्रक्रियालाइ तार्किक निष्कर्षमा पुर्‍याउन माओवादी लडाकू सैनिकहरुको समायोजन, व्यवस्थापन र पुनरसंस्थापनको कार्यलाइ विभिन्न संझौताहरु तथा राजनैतिक सहमतिको आधारमा सेना समायोजन विशेष समितिको गठन प्रक्रियालाइ पूर्णता दिइ सम्पन्न गर्नुपर्नेलगायत २० सूत्रीय माग रहेको उल्लेख छ ।

    अब कम्युनिजम रहदैन ः तरुण दल

    बुटवल, १३ पुस/ न्ँेप्ँँल तरुण दलका सचिव तथा भ्रष्टाचार विरोधी अभियनका संयोजक जन्मजय तिमिल्सिनाले नेपालमा कम्युनिस्ट तानाशाही शासन नटिक्ने धारणा व्यक्त गरेका छन् ।
    आज तरुण दलद्वारा देशव्यापी रुपमा गर्न लागिएको विरोधको पूर्वसध्यामा बुटवलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे तिमिल्सिनाले तरुणदलद्वारा अघि सारिएको नो कम्युनिजम नो मोनार्कीको नारा सही भएको भन्दै मोनार्कीको औचित्य सकिना साथ माओवादीले आपनो र्सवसत्तावाद खोज्न लागेको आरोप लगाए ।
    उनलेे मोनर्कीको विरुद्धमा लडे भन्दा कडा रुपमा तरुण दल माओवादी र्सवसत्ताबाद विरुद्ध लडने उद्घोष समेत गरे । आइतवार बुटवलको पत्रकार सम्मेलनमा वोल्दै उनले प्रेस स्वतन्त्रता र न्यायपालिका माथि भएको हस्तक्षेप माओवादी निरकंुशताको द्योतक रहेको धारणा राखे । सभालाई बुटवल कांग्रेसका पदाधिकारीहरुले समेत सम्बोधन गरेका थिए । तरुण दलले सोमवार देशका मुख्य मख्य १४ सहरमा प्रर्दशन नेपाल तरुण दल केन्द्रीय कार्यालयका सचिव जन्मजय तिमल्सिनाले जनाएका छन् ।


    धमलाद्वारा भोलीसम्मका लागी अनसन स्थगन

    काठमाडौं, १३ पुस/ सरकार र नेपाल पत्रकार महासंघको बिषेश अनुरोधमा रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आज बाट गर्ने भनिएको आमरण अनसन भोली सम्मका लागी स्थगित गर्नु भएको छ ।
    आज सुचना तथा संचार मन्त्रालयमा भएको महासंघ र सरकार बिचको बार्तामा महासंघ र सरकारले संयुक्त रुपमा आग्रह गरे अनुसार आफुले आमरण अनसन स्थगन गरेको धमलाले बताउनु भएको छ ।
    सुचना तथा संचार मन्त्रि तथा सरकारका प्रबक्ता कृष्णबहादुर महराले धमलाजिले अघि सारेको माग पुरा हुने र उहाले कहिल्यै आमरण अनसन बस्न नपर्ने, सरकारले संचारकर्मिलाई पर्ुण्ा सुरक्षाको प्रत्याभुति दिने , दोषि माथी कानुनि कारबाहि गर्ने र कान्तिपुर र काठमाण्डौ पोष्टका पर्ुबान्चल सस्कारण छिटटै सुचारु हुने प्रतिबद्धता ब्यक्त गर्दै श्रमजिबि पत्रकार ऐन कार्यन्वयन गर्न पनि सरकार अग्रसर हुने बताउदै आमरण अनसन स्थगित गर्न आग्रह गर्नु भएको हो ।
    महासंघका अध्यक्ष धमेन्द्र झाले धमलाले अगाडि सार्नु भएको माग हामि सबैको साझा माग हो र बार्ता पनि जारि रहेको कारणले यसलाई सफल बनाउन पनि अनसन स्थगित गर्न म आग्रहृ गर्दछौ, बार्ता सफल नभए हामि सबै संयुक्त रुपमा आमरण अनसन बस्न सक्ने बताए पछि धमलाले असनसन आजलाई स्थगित गर्नु भएको हो । भोली सम्ममा समस्याको समाधान नभए आफ्नोय आमरण अनसन यथावत रहने धमलाले बताउनु भएको छ ।
    आफुले अघि सारेका मागमा संचारकर्मिलाई पर्ुण्ारुपमा सुरक्षाको ग्यारण्टी हुनुपर्ने, प्रेस स्वतन्त्रको ग्यारेण्टी हुनुपर्ने, दोषी माथी कानुनि कारबाहि गर्नुपर्ने, कान्तीपुर र काठकाण्डौ पेष्टका पर्ुबान्चल संस्करण तुरुन्त सुचारु हुनुपर्ने र त्यसमा अबरोध पुरयाउन नहुने र श्रमजिबि पत्रकार ऐन तत्काल कार्यन्वयन गरि श्रमजिबि पत्रकारको हक हित संरक्षण हुनुपर्ने लगायतका माग हरु अगि सारे धमलाले आज देखि आमरण अनसन बस्ने घोषणा गर्नु भएको थियो ।
    तर सरकारले हिमाल खबर पत्रिकाका आक्रमणकारि माथी कारबाहिका लागी प्रकृया अगि बढाउको र अकंुस दैनिक माथी आक्रमण गर्ने युथफोर्सका कार्यकर्ता लाई प्रकाउ गर्न वारेण्ट काटि सकेकाले आफुले तत्काललाई आमरण अनसन फिर्ता लिएको बताउनु भएको छ ।

    पत्रकारद्वार पर््रदर्शन

    बारा १२ पौष
    नेपाल पत्रकार महासघ बारा शाखाको आयोजनामा बाराको कलैयामा मुखमा कालो पट्टी बाधेर सञ्चार सामाग्री देखाई जुलुश पर््रदर्शन सम्पन्न भएको छ ।
    महासघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमको नेतृत्वमा तीन दर्जन भन्दा बढी पत्रकारहले मुखमा कालो पट्टी बाधेर सञ्चार सामाग्री देखाई नगरपालिका परिक्रमा गरी जिल्ला प्रशासन हुदै महासघकै कार्यालय गएर सम्पन्न भएको थियो ।

    रामराजा मोहन वि. बहुमुखी क्याम्पस

    बारा, १२ पुस/ रामराजा मोहन वि. बहुमुखी क्याम्पस बारा कलैयाको स्थापनाको २७ बर्षपछि करिब ७० लाखको आम्दानी खर्चलाई अनुमोदन गरी पहिलो पटक विधीवत बिधान बनेको छ । बिधान,शैक्षिक तथा प्रशासनिक नियमाबली र आर्थिक नियमाबली तयार गरी पहिलो पटक क्याम्पस सभाको आज बसेको भेलालेे पारित गरेपछि नियमाबली लागु भएको हो ।
    क्याम्पसकोबिधानले ५५ सदस्यीय क्याम्पस सभासर्बोच्च निकायको ब्यबस्था गरे अनुसार सभाको बैठकले आगामी ०६५। ०६६ का लागि अनुमानित करिब ७० लाखको आम्दानी खर्चलाई अनुमोदन गरेको सहायक क्याम्पस प्रमुख प्रेम उपाध्यायले बताउनु भयो ।
    स्थापनाको २७ बर्षपछि युवा क्याम्पस प्रमुख सुभाष साहको पहलमा क्याम्पस को बिधान बनेको र नियममा बाधिएर काम गर्न पाउनु खुसी लाग्दो बिषय भएको अर्का सहायक क्याम्पस प्रमुख शुभाष तिमल्सीनाले बताउनु भयो ।
    क्याम्पसका अध्यक्ष धुब्र ग्रतौलाको अध्यक्षतामा सम्पन्न भेलाले अक्षयकोषमा ५ लाख थप गर्ने, भएका दरबन्दी स्वीकृती गर्ने समेत निर्ण्र्ाागरेको छ ।
    २०३८ सालमा स्थापना भएको क्याम्पसमा स्नातक स्तरसम्म पर्ढाई हुदै आएकोमा आउने केही दिनमै स्नाकोत्तर स्तरसम्म पर्ढाई शुरु गरिने र बिश्व बिद्यालय बनाउन पहल भईरहेको क्याम्पस प्रमुख शुभाष साहले बताउनु भयो ।
    भ्ोलामा सभासद शोभाकर पराजुलीले नयाँ युवा पुस्ताले धेरै काम गरेको बताउदै ससदीय बिकाश कोषबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
    र्क्ार्यक्रममा सभासद गोपाल ठाकुर , काग्रेसका पर्ूब सभापति लालबाबु सिह, फोरमका अध्यक्ष चुमनबाबु केबट लगायतले बोल्नु भएको थियो ।

    0 comments: