वीरगंज, १२ पुस/ जिल्ला प्रहरी कार्यालय, पर्साका घुमुवा प्र.ह. अरविन्द यादव एवं अंचल प्रहरी कार्यालय वीरगंजका घुमुवा दिलीप सिंहले संयुक्तरूपमा वीरगंजमा तस्करीको लाइन वितरण गरेको समाचार प्रकाशमा आएको छ ।
सांझको चारबजेदेखि आठ बजेसम्म भंसारको मूल नाकाबाट साइकलबाट तस्करीको सामान ढुवानी गर्न लाइन दिएको द्वय घुमुवाहरूले तस्करहरूसंग मासिक एकमुष्ठ नजराना लिएर सो तस्करीको लाइन दिएको बताइन्छ ।
अस्ति सांझ भंसारको मूलसडकबाटै तस्करीको सामान ढुवानी गर्न लाइन पाएका तस्कर गोपाल गिरी, रामनाथ चमार, सुबोधले ५० औं साइकल खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स सामान, स्टीलका भांडा ढुवानी गरेको भरपर्दो स्रोतले जनाएको छ ।
वीरगंजको सुरक्षा अवस्था दिनप्रतिदिन खस्कदै गएको अवस्थामा पर्साका एसपी सुबोध घिमिरेले सुरक्षा स्थिति मजबुत पार्ने रणनीति अख्तियार गरिरहेको बखत प्रहरी उपरीक्षक एवं वरिष्ठ प्रहरी उपरीक्षक टोपेन्द्रध्वज हमालको कमान्डमा रहेको घुमुवा प्रहरीहरूले तस्करहरूलाई तस्करीको लाइन दिनुलाई नागरिक समाजले आलोचना गर्न थालेका छन् ।
नगरको भकुवा, इनर्वा गाउंका नाकालगायत भंसारकै मूलनाकाबाट यसरी तस्करीको सामान ढुवानी भइरहेको अवस्थालाई तत्काल नियन्त्रण गर्न पर्साका प्रहरी उपरीक्षकले ध्यान पुर्याउन नितान्त जरूरी भएको बुद्धिजीवीहरूको ठहर छ ।
Subscribe to:
Post Comments (Atom)
1 comments:
salam from khudori
Post a Comment