सिन्तेज टि २० मा काठमाडौं बिजयी

Posted on
  • Oct 23, 2008
  • by
  • mukesh
  • in
  • सिन्तेज टि २० मा काठमाडौं बिजयी

    वीरगंज, ७ कात्तिक/ सिन्तेज एमएम टि-२० राष्ट्रिय क्रिकेट प्रतियागिताको सेमिफाइनलको अन्तिम खेलमा काठमाडौं २५ रनले विजयी भएको छ ।
    आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा आयोजित खेलमा काठमाडौंले टस जिती ब्याटिङ गर्दै १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन पूरा गरेको छ भने विराटनगरले १९ ओभर ९५ रन बनाएर पराजय भोगेको छ ।
    र्सवाधिक रन बटुल्नेहरूमा काठमाडौंका दिपेन्द्र चौधरी ५९ बलमा ७५ रन, ज्ञानेन्द्र मल्ल १६ बलमा १२ रन बनाएका थिए । विराटनगरका मेहबुब आलमले १५ बलमा २२ रन, पवन दासले २४ बलमा २१ रन, मन्जित श्रेष्ठले १३ बलमा १० रन बटुलेका थिए ।
    विराटनगरको तर्फबाट सन्तोष बराल ३ विकेट, राजकुमार प्रधान ३ विकेट, अजय राजवंशीले २ विकेट लिएका थिए । काठमाण्डौका राजु बस्नेत, शरद भेषवाकरले तीन तीन विकेट र रितेश सिंहले २ विकेट लिएका थिए ।
    आजको खेल हालसम्मकर्ैर् सवाधिक रन जोड्न सफल दिपेन्द्र चौधरी म्यान अफ दि म्याच घोषति भएका छन्।
    आजको बिजेता टिम काठमाडौं फाइनलमा प्रवेश गर्नेछन् ।

    0 comments: