मजदूरद्वारा आन्दोलनको चेतावनी

Posted on
  • Oct 23, 2008
  • by
  • mukesh
  • in
  • काठमाडौं, ७ कात्तिक/ राजधानीमा सवारी साधान संचालसम्बन्धि नयां व्यवस्थाको विरोध गर्दै मजदूरहरुले आन्दोलनको चेतावनी दिएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी स्वतन्त्र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनीयन महासंघले यातायात क्षेत्रमा क्रियाशील मजदूरहरुको रोजीरोटी खोस्ने गरी नयां व्यवस्था ल्याइएको आरोप लगाउदै त्यसविरुद्ध चरणवद्ध आन्दोलनको चेतावनी दिएको हो ।
    महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले लामो र मध्यम रुट भई संचालित सवारीलाई कलंकीमा रोक्न नपाउने नियम फिर्ता लिन, रिङरोड क्षेत्रमा संचालित सवारीलाई पूरा चक्कर लगाउन रोक्नेगरी बनाइएको नियम खारेज गर्नसहितको सात बुंदे माग प्रस्तुत गरेका थिए । आफ्ना मागहरुका सम्बन्धमा गृहमन्त्री, श्रम तथा रोजगार पर््रवर्द्धन विभागलाई जानकारी गराइएको र सुनुवाई नभए काठमाडौंका अलावा देशव्यापी यातायातसात ठप्पा पार्ने बताए । सरकारले अव्यवहारिक र विना गृहकार्य नयां नियम बनाएर मजदूरलाई मर्कामा पारेको उनको आरोप थियो ।

    0 comments: