आलुको बिउसहित टयाक्टर लुटियो

Posted on
  • Oct 24, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ कात्तिक/ वीरगंजबाट कलैया जांदै गरेको आलुको बिउ लोड भएको एक टयाक्टरलाई अज्ञात समूहले लुटेको छ ।
    गए राति ना २ त १०७१ नं.को टयाक्टरलाई बाराको भरवलिया चोकमा अज्ञात हतियारधारी समूहले रोकी चालक र टयाक्टर धनीलाइ कुटपीट गरी लुटपाट गरेको पीडित जयप्रकाश साहले बताए ।
    पीडितको उजुरीको लगत्तै जिल्ला प्रहरी कार्यालय, पर्साले सो घटनाको छानविन सुरु गरेको बताएको छ ।

    0 comments: