वीरगंज, ७ कात्तिक/ राष्ट्रवाद, स्वतन्त्र एवं भयमुक्त पत्रकारिता र लोकतान्त्रिक मूल मन्त्र रहेको नेपाल आमसंचार मंच पर्सा शाखा गठन भयो ।
आज नेपाल आम संचार मंचका केन्द्रीय सदस्य सर्ुदर्शनराज पाण्डेको प्रमुख आतिथ्यमा महेशचन्द्र गौतमको संयोजकत्वमा १३ सदस्यीय नेपाल आम संचार मंच पर्सा शाखा गठन भएको हो ।
पर्सा जिल्लाका संचारकर्मीहरुको भेलामा र्सवसम्मतिबाट गठित नेपाल आमसंचार मंच पर्सा शाखाको कार्यसमितिको सदस्यमा विजय भण्डारी, दिलीप प्रधान, उमेशकुमार गुप्ता,सन्तोष शर्मा, मुकेश वस्नेत, सुश्री शिल्पी पाण्डे, एसके चौरसिया, सीताराम चौधरी, नरेश र्सराफ, श्यामप्रसाद कुशवाहा, अमित अग्रवाल, सुरेशकुमार बादल, सल्लाहकार सदस्यमा शंकरप्रसाद खतिवडा, भद्रनाथ अधिकारी, किरणराज पाण्डे, नन्दकिशोर गोयल, अरुणविक्रम शाह, कन्हैया गुप्ता, कुबेरचन्द्र गौतम चयन हुनुभएको छ ।
सो भेलामा विनोद अधिकारी, दिलीप साह, विजय श्रेष्ठ, ओमप्रकाश पाण्डे, नरेश र्सराफ, प्रणयकुमार साह, प्रेमचन्द र्सराफलगायतको उपस्थिति थियो ।
नेपाल आमसंचार मंचको केन्द्रीय संयोजक नवराज पहाडी रहनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment