वीरगंज, ३ कार्तिक । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष भवानीप्रसाद थामीले विभिन्न राजनीतिक दलका भातृ संगठनले सरकारी कार्यालयमा छड्के चेकजांच गरेर कर्मचारीलाई दुख दिने काम भइरहेको आरोप लगाएकाछन् ।
आज वीरगंजमा आयोजित कार्यक्रममा बोल्दै उनले युथफोर्स र वाइसिएलविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
थामीले अधिकार प्राप्त सम्बन्धित निकायले मात्र सरकारी कार्यालय छड्के गर्ने र दण्डित गर्न सक्ने भन्दै कर्मचारीहरुलाई अनावश्यक दुःख दिनेलाई कारबाइको माग गरिने बताए ।
पर्सर्ाा यतिबेला नेकपा एमालेका भातृ संगठन युथ फोर्सले विभिन्न सरकारी कार्यालयमा छडके गरिरहेको बेला अध्यक्ष थामीले यस्तो बताएका हुन् ।
Subscribe to:
Post Comments (Atom)
1 comments:
हाजिर गरेर दिनभरि भूँडि बजाउँदै दिन काट्न पड्किएका स्वाँठलाई नराम्रो लागिहाल्छ नि छड्के जाँच । आफ्ना निजी फर्महरूमा जान पाइएन होला दिउँसो, हाजिर गरेर अरूको कर्मकाण्ड गर्न जान पाइएन होला अनि कताबाट राम्रो लागोस् त यी देशका असेवकलाई !!
Post a Comment