वीरगंज, ४ कात्तिक/ सिन्तेज एमएम ट्रफी राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बैतडी ३० रनले विजयी भएको छ ।
आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बैतडीले २० ओभरमा ६ विकेट गुमाउंदै १२४ रन बनाएको छ ।
र्सवाधिक रन बटुल्नेहरूमा बैतडीका धीरेन्द्र चन्द ४२ बलमा ५१ रन नटआउट, प्रदीप ऐरले ३८ बलमा २७ रन बनाएका थिए । विनोद क्षत्रीले ३ विकेट, चन्द्र साउद ३, धीरेन्द्र चन्द २ र शम्शेर चन्द २ विकेट लिएका थिए ।
नेपालगंजको तर्फबाट १८ ओभरमा १० विकेट गुमाउदै ९४ रनमा समेटियो । नेपालगंजको तर्फबाट सन्दिप श्रेष्ठले ४५ बलमा ३८ रन लिएका थिए भने नविन शाहीले ४, सन्दिप श्रेष्ठ १, सुनील सुनारले १ विकेट लिएका थिए ।
आजको पहिलो म्याचमा बैतडीका धीरेन्द्र म्यान अफ दि म्याच भएका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment