पेट्रोलियम पदार्थमा सिसा मिलावट

Posted on
  • Oct 24, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ कात्तिक/ पेट्रोलियम पदार्थमा अत्याधिक सिसा मिसाइएको कारण मोटरसाइकलको आयु घटनुका साथै मोटरसाइकलमा प्राविधिक खराबी उत्पन्न भएको मोटरसाइकल विक्रेता संघले दाबी गरेको छ ।
    आज नेपाल पत्रकार महासंघ, पर्सर्ाााखाको सभाकक्षमा हिरोहोण्डा, बजाज, यामाहा र टिभीएस मोटरसाइकल सोरुमका विक्रेताले संयुक्त पत्रकार सम्मेलन गरी २ महिना यता पेट्रोलियम पदार्थमा अत्याधिक मात्रामा सिसा फेला परेकोले मोटरसाइकलको आयु घटेको र प्राविधिक खराबी उत्पन्न भएको खतरातर्फ औल्याएका हुन ।
    नेपाल आयल निगमको शाखा कार्यालयले पनि डिजेल, पेट्रोलमा अत्याधिक मात्रामा शिसा रहेको बताएका छन् । आयल निगमले भारतबाट आयातित तेलमा नै सिसा भएको दाबी गरेको छ ।
    मोटरसाइकल विक्रेताहरुले आमउपभोक्तालाई गुणस्तरीय र शिसा रहित पेट्रोलियम पदार्थ उपलब्ध गराउन नेपाल आयल निगमसंग मागसमेत गरेका छन् ।

    0 comments: