वीरगंज, ९ कात्तिक/ प्रगतिशील भोजपुरी साहित्य परिषदद्वारा ७ औं कवि गोष्ठी तपसी सहनको अध्यक्ष्ँतामा ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा सम्पन्न भयो ।
आज बिहान सो कार्यक्रममा कवि अरुण विक्रम शाह, वीरेन्द्र साह, भूपेन्दप्रसाद कुशवाहा, दिनेशप्रसाद साह, कृष्णप्रसाद महतो, नन्दु महतो, डा. विश्वम्भर शर्मा, शिवलाल हरिपुरी, सुनीलप्रसाद यादव, भागीलाल पो·लिया, पशुपतिनाथ शर्मा, डा. शशिभूषण वर्ण्र्ाालले गीत, गजल र कविता वाचन गरेका थिए ।
नेवा खलः र लायन्सको चिठ्ठा कार्यक्रम सम्पन्न
वीरगंज, ९ कात्तिक/ दिपावली तथा छठ पर्वको अवसरमा नेवा खल तथा लायन्स क्लबले शुभकामना आदानप्रदान तथा चिठ्ठा कार्यक्रमको आयोजना गर्यो ।
आज बिहान होटल कैलासको सभाकक्षमा एक समारोहबीच नेवा खल वडा इकाइ वीरगंज १३ को चिठ्ठा कार्यक्रम सम्पन्न भयो ।
वडा एकाइ वीरगंज-१३ का अध्यक्ष पुष्कर रघुवंशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नारायण शंकर शर्मा वडा इकाइ १३ का सल्लाहकार रहनुभएको थियो भने विशेष अतिथिमा वडा इकाइ १३ का वरिष्ठ सल्लाहकार श्याम कायस्थ रहनुभएको थियो ।
त्यसैगरी लायन्स क्लब वीरगंज ३ जीले पनि आजै एक समारोहबीच राणीसति अतिथि सदनमा त्यस क्लबको सहयोगार्थ चिठ्ठा खोलेको छ ।
लायन्स क्लबका डिष्ट्रिक गर्भनर संजय खेतान, रिजन चेयरमैन आरबी पाण्डे, लायन्स क्लब नोर्थकाजोन चेयरमेन अनुज रुंगटा, लायन्स क्लब अफ आदर्शनगरका अध्यक्ष दिपक टिवडेवाललगायतको उपस्थितिमा उक्त चिठ्ठा खोलिएको हो ।
ठक्करबाट एकजनाको मृत्यु
वीरगंज ९ कात्तिक/काठमाडौंबाट गौर तर्फजांदै गरेको अग्नि यातायातको यात्रुबाहक बसले बाराको अमलेखगंजमा ठक्कर दिंदा एकको मृत्यु हुनुका साथै एकजना गम्भीर घाइते भएको छ ।
गए राति ना.२.ख.४९३९ नम्बरको अग्नि यातायातको बसले र्साईकलमा यात्रा गरिरहेका वीरबहादुर स्याङतान र कृष्ण थिङलाई ठक्कर दिंदा उनीहरु घाइते भएका थिए भने वीर बहादुर स्याङतानको उपचारको क्रममा मृत्यु भएको थियो ।
घाइते कृष्ण थिङको अवस्था पनि गम्भिर रहेको छ भने चालक र बसलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
गौर-चपुर सडक अवरुद्ध
वीरगंज ९ कार्तिक/ शिक्षक हत्याको विरोधमा दोश्रो दिन पनि पर््रदर्शनकारीहरुले रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्ड अवरुद्ध गरेका छन् ।
आज पर््रदर्शनकारीहरुले रौतहटको शिवनगरस्थित सडकखण्डमा टायर बाली बाटो अवरुद्ध गरेका हुन् ।
विहिबार नि.मा.वि प्रेमपुर गोनाहीमा कार्यरत शिक्षक सुनिल कुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको विरोधमा रौेतहटका सम्पर्ूण्ा शिक्षक संगठनहरुले मृतक शिक्षकलाई शहिद घोषणा गर्नुपर्ने अश्रति परिवारलाई क्षतिपर्ूर्ती दिनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
मागहरु पूरा नभए २१ गते देखि शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत उनिहरुले दिएका छन् ।
यसैबिच शिक्षकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरिएको जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment