सिन्तेज एमएम टि २० को उपाधि काठमाडौंलाई

Posted on
  • Oct 25, 2008
  • by
  • mukesh
  • in
  • सिन्तेज एमएम टि २० को उपाधि काठमाडौंलाई

    वीरगंज, ९ कात्तिक/ सिन्तेज एमएम टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा क्षेत्र नं. ३ काठमाडौंले क्षेत्र नं.४ भैरहवालाई ९ विकेटले पराजित गर्दै उपाधि हात पारेको छ ।
    आज वीरगंजको नारायणी रंगशाला त्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै भैरहवाले २० ओभरमा ७ विकेट गुमाउंदै १३० रनको योगफल बनाएको थियो । काठमाडौंले १८.२ ओभरमा १ विकेट गुमाइ विजयी १३४ रन बनाएको थियो । काठमाडौंका दिपेन्द्र चौधरीले ७१ रन, परेश लोहनीले ५६ रन, शरद भेषवाकरले १ रन बनाएका थिए भने सुनाम गौतमले ३, पारस खडकाले २, रितेश सिंहले १ विकेट लिएका थिए ।
    त्यस्तै भैरहवाका सागर पुनले ४९ वलमा ५४ रन, आकाश गुप्ताले २१ बलमा २३ रन, सुभाष प्रधानले २८ बलमा १९ रन बनाएका थिए ।
    आजको खेलको म्यान अफ दि म्याच काठमाडौंका दिपेन्द्र चौधरी भएका छन् ।
    त्यसैगरी म्यान अफ दि सिरिज काठमाडौंका पारस खडकाले हात पार्न सफल भए । बेस्ट बलर भैरहवाका लालबहादुर अधिकारी, बेस्ट ब्याट्सम्यान काठमाडौंका दिपेन्द्र चौधरी, बेस्ट फिल्डर भैरहवाका विजय थापा, र्सवाधिक ७ छक्का हान्ने वीरगंजका विनोद दास सम्मानित भएका छन् ।
    आजको फाइनल खेलमा विजयी काठमाडौले नगद रु ५० हजार प्राप्त गरेको छ ।
    बिहीवार काठमाडौंले क्षेत्र नं. १ विराटनगरलाई २५ रनले हराउ“दै फाइनलमा प्रवेश गरेको थियो भने भैरहवा क्षेत्र नं. २ वीरगंजलाई ६ विकेटले हराएर फाइनलमा प्रवेश गरेको थियो ।
    भैरहवा कुनै पनि खेलमा पराजित नभएको पनि आजको फाइनल खेलमा काठमाडौंसंग पराजित भएको छ ।
    स्व. फूलकुमारी देवी सेवा समिति र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा असोज २८ गतेदेखि जारी सिन्तेज एमएम टि ट्वान्टी प्रतियोगिता आजबाट विधिवतरुपमा सम्पन्न भएकेा छ ।
    आजको फाइनल खेलमा विजयी काठमाडौले नगद रु ५० हजार प्राप्त गरेको छ ।

    0 comments: