भैरहवा विजयी

Posted on
  • Oct 20, 2008
  • by
  • mukesh
  • in
  • सिन्तेज एम.एम.ट्रफी अर्न्तर्गत आज सम्पन्न दोश्रो खेलमा भैरहवाले काठमाण्डौलाई ६ विकेटले पराजित गरेको छ । काठमाण्डौले पहिलो ब्याटीङ गरी २० ओभरमा ९ विकेट गुमाएर ८६ रन बनाएको थियो ।
    भैरहवाले १३ ओभरमा ८६ रन बनाएर ६ विकेटले जितेको छ । भैरहवाका सागर खडकाले ४ ओभरमा १३ रन दिइ ३ विकेट लिएकाले म्यान अफ द म्याच घोषित भएका छन ।

    चार ट्रक दाल पक्राउ

    वीरगंज,४ असोज/ मलंगवा मूल भन्सारबाट विधिवत भन्सार महसुल तिरेर काठमाडौंतर्फगइरहेको चारवटा दाल लोड ट्रकलाइ मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरीक्षक नरेश गुरूङद्वारा खर्टाईएका घुमुवा प्रहरीको टोली इन्चार्ज प्रहरी नायब निरीक्षक लाल बहादुर चौधरीले घुस नदिएकै कारण्ँ आज राजस्व अनुसन्धान पथलैया चलान गरेको छ ।
    मलंगवा भन्सारको प्रज्ञापन पत्र, रसिद सक्कलै रहेको र सोमा ना ३ ख २८०४, ३१६९, ३१५९, २२४५ नम्बरका चार गाडीबाट दाल ढुवानी भएको स्पष्ट उल्लेख हु“दाहु“दै प्रहरी नायब निरीक्षक चौधरीले हिजो राति ९ बजे पथलैयामा रोकी ५ लाख घुस मांगेको र नदिएपछि आज राजस्व अनुसन्धानमा चलान गरेको व्यवसायीले बताएका छन । सानो दर्जाका प्रहरीले खुलेयाम घुस लिएको दृश्य भर्खरै टेलिभिजनमा प्रशारण्ँ भएपछि कार्यवाहीको भागी हुनुपरेको घटना सेलाउन नपाउदै प्रहरीका उपल्लो दर्जाबाट गरिएको यो कुकृत्यमा संलगनहरूमाथि कस्ले कार्यवाही गर्ने -

    1 comments:

    Aakar said...

    nice blog !
    hope to see regular updates from there... i'll be visiting it..