वीरगंज, ५ कात्तिक/ सिन्तेज एमएम ट्रफी राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा वीरगंज र विराटनगर विजयी भएको छ ।
आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा ब्याटिङ रोजेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाउंदै १४७ रन बनाएको थियो । भने विराटनगरले १८.५ ओभरमा ६ विकेट गुमाइ १४९ रन बनाइ विजय हासिल गरेको हो ।
काठमाडौंका संजय श्रेष्ठले ३२ बलमा ३४ रन, शरद भेषवाकरले २७ बलमा ३२ रन, पारस खडकाले १८ बलमा २१ रन बटुलेका थिए । भने विराटनगरका पुष्प थापा २१ बलमा ३४ रन, राजकुमार प्रधानले १३ बलमा २६ रन लिई २ विकेटसमेत लिएका थिए । मेहबुब आलमले २ विकेट लिएका थिए ।
आजको पहिलो खेलमा विराटनगरका लालबहादुर शर्मा म्यान अफ दि म्याच घोषित भएका थिए । उनले २५ बलमा ४१ रन -नटआउट) भएका थिए ।
यसैगरी दोस्रो खेलमा बीरगंजले १ रनले विजयी भएको छ ।
बैतडीले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएका थिए भने वीरगंजले १४ ओभरमा ६ विकेट गुमाइ १०० रन बनाएका थिए ।
आजको खेलमा वीरगंजका प्रताप महर्जन म्यान अफ दि म्याच घोषित भएका छन् । उनले ५१ रन बनाएका थिए । यस विजयसंगै वीरगंज सेमिफाइनलमा प्रवेश गरेको छ ।
माओवादीले मुलुकमा अस्थिरता फैलाउन खाजेको आरोप
वीरगंज, ५ कात्तिक/ नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले माओवादीले मुलुकमा अस्थिरता फैलाउन खोजेको आरोप लगाएका छन् ।
आज बिहान प्रेस युनियन, पर्साद्वारा वीरगंजको होटल सम्झनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने राष्ट्रिय सेना नै सरकरको अधिनमा रहने हुंदा सेनालाई होच्याउने गतिविधि नगर्न आग्रह गरे ।
उनले जनगणतन्त्रको नाममा जनतामाथि र्सवसत्तावाद लाद्न खोजे कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने बताए । विगतमा अमेरिका र भारतको कटु आलोचक भएका माओवादीले ती दुवै देशको भ्रमणपछि उनीहरुको गुनगान गाएर द्वैध चरित्र देखाएको टिप्पणी गरेका थिए ।
पत्रकार सम्मेलनमा स्थानीय संचारकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
कुर्मीको घरमा आगजनी
वीरगंज, ५ कात्तिक/ अज्ञात समूहले एक र्सवसाधारणको घरमा आगजनी गरेको छ ।
गए राति ८ बजे पर्सा जिल्लाको रामगढवा गाविस-५ निवासी जङगबहादुर राउत कुर्मीको घरमा अज्ञात व्यक्तिले आगजनी गर्दा लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक गजुसिद्धी बज्राचार्यले जनाएको छ ।
बाराको सवै उच्च माविहरू बन्द
वीरगंज, ५ कात्तिक/ बारा जिल्लाका सबै उच्च माध्यमिक विद्यालयहरू आज बन्द भएका छन् ।
सशस्त्र संर्घष्ारत जनतान्त्रिक तर्राई मुक्ति मोर्चाले विजया दशमीको दिन पर्साका शिक्ष्ँक लोकनाथ गैरेको हत्या गरेको विरोधमा हत्यारालाई कारबाइ गर्न माग गर्दै उच्च मावि बन्द गरिएको हो ।
रक्तदान कार्यक्रम
वीरगंज, ५ कात्तिक/ लायन्स क्लब अफ वीरगंज र लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आज लायन्स क्लब अफ वीरगंजका अध्यक्ष मनोहर टिवडेवालको सभापतित्वमा वीरगंजस्थित लायन्स र्सर्भिस सेन्टरको सभाकक्षमा अजय मित्तल, लियो निर्मल अग्रवाल, योगेश, प्रमोद गुप्ता, विकास बोथरा, कुन्दन वर्ण्र्ााल, दिपेश वर्ण्र्ााल, सुरेन्द्र संघइ, चन्दन क्षत्रीलगायत ३१ जनाले रक्तदान गरेका थिए ।
सो कार्यक्रममा मोहन शर्मा, प्रमोद गुप्ता, अजय मित्तल, पवन अग्रवाल, अनिल अग्रवाललगायतको उपस्थिति रहेको थियो ।
वीरगंज रक्तसंचार केन्द्रमा रगतको अभाव देखापरेको हुनाले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी क्लबका अध्यक्ष मनोहर टिवडेवालले दिनुभयो ।
चार प्रहरी निलम्बित
वीरगंज, ५ कात्तिक/ वीरगंज भंसार क्षेत्र वरपर तस्करसंग घुस लिइ तस्करी धन्दा संरक्षण गर्ने इनर्वा प्रहरी चौकीका ४ प्रहरी निलम्बनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले निलम्बित गरेको प्रहरी जवानहरुमा प्रहरी चौकी खेस्राहामा दरबन्दी भएका विजय कुमार केशरवानी, पिंडारी चौकीमा दरबन्दी भएका नन्दकिशोर साह, श्रीपुर वडा प्रहरीमा दरबन्दी भएका विद्याधन प्रसाद यादव र अंचल प्रहरी कार्यालय नारायणीमा रहेका प्रहरी हवल्दारको श्रीमती प्रज अनिस्मा रानामगर छन् ।
खुकुरी चम्काउदै बाटोमा हिंड्ने युथ फोर्सको रहर नभइ बाध्यता
वीरगंज, ५ कात्तिक/ नेकपा एमालेको भातृ संगठन युथ फोर्सका केन्द्रीय अध्यक्ष महेश बस्नेतले खुकुरी चम्काउदै बाटोमा हिंड्ने युथ फोर्सको रहर नभइ बाध्यता रहेको बताए ।
आज वीरगंजको एमाले पार्टर्ीीार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले जेठ २२ गते गठन भएको युथ फोर्सको उद्देश्य अपराधिक क्रियाकलाप नियन्त्रण गरिने रहेको बताए । अपराधिक गतिविधि बढ्दै गएको कारण दिनहुं लुटपाट, चोरी, डकैति, बम विस्फोटको घटनाहरु बढेको बताए ।
उनले राज्य दण्डहीनताको कारण हजारौं मानिसले ज्यान गुमाउनुको साथै धेरै घाइते भएको बताएका छन् । माओवादीले हडपेका जग्गाजमिन अहिलेसम्म फिर्ता नगरेको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा अनिरुद्ध राव, चमेना भट्टराइ, डा. विश्वम्भर शर्मा, अरविन्द सिंह लगायतको उपस्थिति रहेको सो कार्यक्रम युथ फोर्स, पर्साका कमान्डर अजय कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
एचआइभी जनस्वास्थ्य रिपोर्टिङ
वीरगंज, ५ कात्तिक/ एचआइभी जनस्वास्थ्यबारे रिपोर्टिङ सम्बन्धी एक दिने संचार कार्यशाला गोष्ठी सम्पन्न भयो ।
आज नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभाकक्षमा सचेत संचार मञ्च, नेपाल पत्रकार महासंघ पर्सा, डिवाइसी, एवाइसी पर्साको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा स्थानीय संचारकर्मीहरुको सहभागितारहेको थियो।
कार्यक्रमको प्रशिक्ष्ँक सचेत संचार मंचका अध्यक्ष गोकर्ण्र्ााट्ट रहेका थिए ।
कार्यशाला गोष्ठीमा पछिल्ला दिनहरुमा एचआइभी र एडस आर्थिक, सामाजिक राजनीतिक तथा सांस्कृतिक आधारमा निकै महत्वपर्ूण्ा समाचार मूल्य बोकेको विषय बन्न पुगेको र एचआइभीको असरले समाजकाप्रत्येक तहतप्का प्रभावित बनेको विषयमा छलफल भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment