वीरगंज, ६ कात्तिक/ ८२ वटा गाविस रहेको परर््सा जिल्लामा ६५ गाविसमा हजारौं विघामा गांजा खेती गरिएको छ । गत वर्षरूको तुलनामा यस वर्ष दोब्बर गांजा खेती भएको समाचार स्रोतको दाबी छ ।
पर्सा जिल्लाको जानकीटोला, एकटांगा, भौराटार, विश्रामपुर, गम्हरिया, बडनिहार, रंगपुर टाडी, मनवाबजारलगायत स्थानमा गांजाखेती बढी मात्रामा भएको छ । गांजाखेती गरी ओसारपसार गर्ने, स्थानीय प्रहरी र प्रशासनसंग सम्बन्ध बढाउने, गांजा प्रेस गर्ने मेशिनसमेत भएकाहरूमा विश्रामपुर छपकैयाका रजाक मियां पूर्व गाविस अध्यक्ष नेपाली कांग्रेस, रामानान्द राउत कुर्मी, भौराटारका दानी गिरी, नगिना साह, हीरा साह, किशोरी साह कलवार, हेमनारायण चौधरी -देउरिया), फरदवा पटर्ेवा सुगौलीका पासपत बण्ठा, प्रेम वण्ठा, कपिलदेव दास, सेन्त वण्ठा, ठूला वण्ठा, उमा दहैत थारू, कमल दहैत थारू, चन्द्रिका कुंवर, पटर्ेवा सुगौलीका सूरज यादव, टिमल यादव छन् ।
त्यस्तै अवैध गांजाखेती गर्ने, तस्करी गर्नेमा सोनवर्षा अमवा टोलाका सुभाष थारू -पूर्व गाविस अध्यक्ष नेपाली कांग्रेस), दर्ुगा थारू, सोनवर्षा वैरियाका मुस्तफा मियां, उमर मियां, गोपाल यादव, खजुरिया टोलाका उमेश थारू, उत्तरी सुगौलीका काशी चौधरी, बिगा चौधरी, बडका देउकुलीका जीतेन्द्र चौधरी, मर्ुर्ली गाविसका राजेन्द्र राउत कर्ुर्मी, तीनडोबियाका सुरेशप्रसाद चौरसिया, गम्भिरा राउत कर्ुर्मी, रजाक मियां, धोबी, हरिहरपुर विर्ताका बनारसी प्रसाद, धोरेका राजसी महतो, जनार्सर्ीीसाद महतो, किशोरी राउत, शंकर महतो, नाम नारायण, रामा साह छन् ।
गांजा तस्करीले संस्थागत रूप लिएको छ । अवैध गांजा खेतीलाई संरक्षण गर्न स्थानीय प्रहरी-प्रशासनलाई बुझाउन भनेर दलालहरूले गांजा कृषकहरूबाट रकम संकलन गरिरहेका छन् । गांजा तस्करीका नाइकेहरूले स्थानीय प्रशासनका मानिसहरूलाइ नगद नारायण टक्रयाएको समाचार स्रोतले जनाएको छ । प्रहरीलाई बुझाउन भनेर रकम संकलनमा भौंराटारका रामप्रसाद, विश्रामपुरका रजाक मियां, इन्द्रदेव मुखिया -भौराटार) सक्रिय रहेको समाचार स्रोतले दावी गरेको छ ।
पर्सा जिल्लाको ग्रामीण भेगमा प्रतिकिलो नेरू १५ सयमा विक्री हुने गरेको गांजा भारतको सीमावर्ती क्षेत्र कटाइ दिएपछि प्रतिकिलो भारू दर्ुइ हजार मिल्ने गरेको छ ।
नेपाली घ्यू उद्योग मर्कामा
वीरगंज, ६ कात्तिक/ तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादित कोटाप्रथाद्वारा भारतमा ठूलो परिमाणमा निर्यात हुंदै आएको वनस्पति घ्यू नेपालमा भन्दा भारतमा मूल्य सस्तो भएको कारण भारत निकासी हुन छाडेको छ ।
भारतीय बजारमा बढ्दो खपतलाई हेरेर नेपालमा स्थापना भएका १६ वटा वनस्पति घ्यू उद्योगले कोटाको घ्यू भारत जानमा मूल्य प्रतिस्पर्धा कारण निकासीमा अवरोध उत्पन्न भएको हो ।
दैनिक उत्पादनमा ७० प्रतिशत कटौति गरेको वनस्पति व्यवसायी संघका एक पदाधिकारीले बताएका छन् । वनस्पति व्यवसायी संघले वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र काठमाडौंस्थित भारतीय दूतावास मार्फत भारत सरकारसंग नेपालमा उत्पादित भारतमा निर्यात हुने वनस्पति घ्यूका सम्बन्धमा साविकको कोटा प्रणाली र एसटिएसमार्फ जाने प्रथा हटाएर ओजिएल गरिदिएमा नेपालका वनस्पति घ्यू उद्योगहरूलाई केही राहत हुने हुनाले अनुरोध गरेका छन् ।
वनस्पति व्यवसायी संघले तत्काल नेपाल सरकार उद्योग मन्त्रालयले नेपालमा उत्पादित वनस्पति घ्यू भारत निकासीमा ओजिएलका लागि पहल नगरेमा घ्यू फैक्ट्रीहरू बन्द भइ ठूलो लगानी खेर जाने बताएको छ । वीरगंज औद्योगिक कोरिडोरमा ८ वटा वनस्पति घ्यू उद्योग संचालनमा छन् ।
नेपाली बजारमा केही महिना यतादेखि वनस्पति घ्यूको मूल्यमा ठूलो वृद्धि आए पनि भारतमा वनस्पति घ्यूको मूल्य सस्तो भएकोले यतिखेर भारतीय डाल्डा घ्यू, तेल, सरसों तथा तोरीको तेल ठूलो परिमाणमा चोरी निकासी पैठारी भइरहेको एक व्यापारीले बताएका छन् ।
व्यापारी स्रोतले अन्तर्रर्ााट्रय बजारमा वनस्पति तेल, घ्यूको कच्चा पदार्थको मूल्यमा क्षणक्षणमा घटबड हुंदा मूल्य समायोजन गरी भारतमा निकासी गर्न बाधा तेर्सीएको बताएका छन् । आव २०६५/६६ को बजेटमा वनस्पति घ्यू तेलमा साविकमा कायम गरिएको भ्याट राजस्वको दरमा ५० प्रतिशत कटौति गरिएको छ ।
गत वर्षवनस्पति घ्यूको १ लाख मे.टि्रक टन भारत निकासी कोटा भए पनि ६० हजार मे.टन मात्र गएकोमा यस चालु आवमा वनस्पति घ्यू भारत निर्यात शून्य हुने देखिन्छ । भारतमा वनस्पति घ्यू, तेलमा करको दर घटाएको कारण सस्तो भएको एक घ्यू व्यापारीले बताएका छन् । नेपालमा उत्पादित वनस्पति घ्यू भारत निकासीमा ओजिएल हुनुपर्नेमा वनस्पति घ्यू उद्योगका उद्योगपतिहरूले जोड दिएका छन् ।
अन्तर्रर्ााट्रय थारु सम्मेलन सम्पन्न
बुटवल, ६ कात्तिक/ थारु कल्याणकारिणी सभाले आयोजना गरेको तीन दिने अन्तराष्टिय थारु सम्मेलन ऐतिहासिक तथा दुरगामी महत्वका निर्ण्र्ाारु गर्दै सफलताका साथ आज सम्पन्न भएको छ ।
सम्मेलनले भगवान गौतम बुद्ध थारु समुदायका थिए भन्ने ठहर गर्दै थारु समुदाय परम्परागत रुपमा बौद्ध तथा प्रकृतिकपूजक रहेको तथा केही दशक यता हिन्दुकरणको त्रि्र चपेटामा परेको ठहर गरेको छ ।
देशका चौबीस जिल्ला, भारत तथा अन्य विभिन्न मुलुकका गरि करिब सात सय प्रतिनिधि तथा करिब पाँच सय पर्यवेक्षकहरुको उपस्थितिमा थारु कुलका गौरव भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिने सम्मेलनको उद्घाटन सम्मारोहमा दशौं हजार ब्यक्तिहरुको उपस्थिति रहेको थियो । तीन दिनको गम्भीर र ब्यापक छलफल पछि सम्मेलनले निम्न १५ बुँदे घोषणा तयार पारेको थारु कल्याणकारिणी सभा केन्द्रिय समितिका महामन्त्री राजकुमार लेखीले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment