वीरगंज, ४ कात्तिक/ प्रतिबन्धित लागूऔषध ३ केजी अफिम ढुवानी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक २ गते सांझ ६ः३० बजे वीरगंजबाट लहानतर्फ जान बसपार्क आइपुगेकी बारा, इनर्वासिरा गाविस वडा नं. ३ बस्ने ४० वषर्ीया मिश्रा देवीको झोलाबाट प्रहरीले विशेष सुराकीको आधारमा ३ केजी अफिम पक्राउ गरेको प्रहरीले आज जनाएको छ ।
पक्राउ परेका मिश्रा देवीकी अनुसार पर्सर्ााे केहुनिया गाविस गम्हरिया बस्ने मोतीलाल साहले वीरगंजबाट लहानसम्म सो अफिम पुर्याइदिनुस भन्दै २ हजार नगद दिएको बताइन् । उनले भारतीय बजार हुंदै दिल्लीमा सो अफिम १ लाख ५० हजारमा विक्री हुने र नेपाली बजारमा नेरु ८० हजार पर्ने बताइन् ।
लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को उपदफा ६-३) बमोजिम १५ वर्षेखि जन्मकैद र ५ लाख देखि २५ लाख सम्म जरिवाना हुने व्यवस्था रहेकोमा यस्ता कारोबार गर्ने गिरोहको खोजी कार्य भइरहेको ज्रि्रका पर्सर्ाा प्रहरी उपरीक्षक योगेश्वर रोमखामीले जानकारी गराएका छन् ।
पर्सर्ाा्रहरीले दोस्रो पटक यति धेरै ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध बरामद गरेका हो ।
फोन धम्की दिने पक्राउ
वीरगंज, ४ कात्तिक/ पोखरिया गाविस वडा नं. ३ घर भइ हाल श्रीपुर-१४ मा बस्ने अतुल श्रीवास्तवलाई प्रहरीले फोन धम्की दिएको आरोपमा पक्राउ गरेको छ ।
विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई ९८०४२६४३४२, ९८०६८४९६७ र ९८०४२४२३३७ मोबाइलबाट धम्की, गाली बेइज्जत गरेको आरोपमा श्रीवास्तवलाई कात्तिक २ गते राति पक्राउ गरेको र निजका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुइ पक्राउ
वीरगंज, ४ कात्तिक/ धारिलो हतियारयसहित प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।
कात्तिक २ गते राति श्रीपुर-१४ बस्ने सिकन्दर महतो, दिपेन्द्र धानुकलाई चक्कु, ब्लेड, फलामको पौचजस्ता सामानसहित प्रहरीले रानीघाटबाट पक्राउ गरेको हो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment