जनसेनालाई नेपाली सेनामा समायोजन गरे मुलुक टुक्रन्छ- मन्त्री गच्छेदार

Posted on
  • Oct 20, 2008
  • by
  • mukesh
  • in
  • काठमाडौं, ४ कात्तिक । भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदारले माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन गर्नखोजे मुलुक टुक्रने बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले मुलुकको बिखण्डन हुने खतरनाक काम हुन नदिन सशक्त रुपमा प्रस्तुत हुने बताए ।
    'माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन गरे राष्ट्र टुक्रन्छ ,' मधेशी जनअधिकार फोरम संसदीय दलका नेतासमेत रहेको गच्छेदारले भने,'मुलुक टुक्रने खतरनाक काम कुनै हालतमा हुन दिदैनौं ।' जनसेनालाई सेनामा समायोजन गरे मधेशमा लाखौं सेना जन्मने उनको भनाई थियो । जनसेनालाई सेनामा प्रवेश गराउन छुट्टै मापदण्ड बनाउनर्ुपर्छ भन्ने रक्षामन्त्री बादलको अभिव्यक्तिको समेत आलोचना गरे ।

    0 comments: