बुटवल, ४ कात्तिक । नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले गठबन्धन सरकारमा भ्वाङ परिसकेको बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपाल लुम्बिनी शाखाद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले भ्वाङ परेको गठबन्धन सरकारमा कुनै हालतमा सहभागी नहुने बताएका छन् ।
'गठबन्धनमा भ्वाङ परिसकेको छ,' सिंहले भने,'यो सरकार आफै ढल्छ ।' आफूहरू सरकारमा सहभागी हुन नसक्ने बताए । माओवादीले विगतका सन्धी सम्झौता पालना नगरेको अवस्थामा उसको नेतृत्वको सरकारमा सामेल हुन नमिल्ने उनको जिकिर थियो । सरकारमा सामेल हुनेबारे छलफल समेत नगर्ने बताए । माओवादीले शान्ति सम्झौताको पालना गरी कब्जा गरिएका घरजग्गा फिर्ता गरे, वाइसिएलको अराजक गतिविधि अन्त गरेमात्र छलफलमा जान सकिने उनको भनाई थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment