सिन्तेज एमएम सेमिफाइनल खेल हुंदै

Posted on
  • Oct 23, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ कात्तिक/ सिन्तेज एमएम ट्रफी राष्ट्रिय टवान्टी-टवान्टी क्रिकेट प्रतियागिताको सेमिफाइनल चरण्ँको अन्तिम खेल भइरहेको छ ।
    आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा आयोजित खेलमा बिराटनगर-१ र काठमाडौ -३ प्रतिस्पर्धामा खेल्दैछन् । काठमाडौंले टस जिती ब्याटिङ गर्दै १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन पूरा गरेका छन् ।
    र्सवाधिक रन बटुल्नेहरुमा काठमाडौंका दिपेन्द्र चौधरी ५९ बलमा ७५ रन, ज्ञानेन्द्र मल्ल १६ बलमा १२ रन बनाएका थिए।
    विराटनगरको तर्फबाट सन्तोष बराल ३ विकेट, राजकुमार प्रधान ३ विकेट, अजय राजवंशीले २ विकेट लिएका थिए।
    आजको बिजेता फाइनलमा प्रवेश गर्नेछन् ।

    0 comments: