समितिमा माओवादी नेतृत्व अस्वीकार्य- डा.महत र पन्त

Posted on
  • Oct 23, 2008
  • by
  • mukesh
  • in
  • काठमाडौं, १ कात्तिक । नेकपा माओवादीका सचिवालय सदस्य सीपी गजुरेलले सेना समायोजनका लागि गठन हुन लागेको विशेष समितिको नेतृत्व आफ्नै दलले गर्ने बताएका छन् भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महत र नेकपा एमालेका केन्द्रीय सदस्य रघुजी पन्तले समितिमा माओवादीको नेतृत्व रहननहुने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा चर्काचकी बहसकाबीच नेताहरुले सेना समायोजनबारे आ आफ्नो तर्क प्रस्तुत गरे ।
    माओवादी नेता गजुरेलले प्रधानमन्त्री र रक्षामन्त्री आफ्नै दलको भएकाले सेना समायोजनका लागि गठन हुने विशेष समितिको नेतृत्व पनि आफूहरुलेनै गर्नुपर्ने जिकिर गरे । उनले भने,'सेना समायोजनको विशेष समितिको संयोजक हाम्रो दलको प्रतिनिधि रहनेछन् ।' नेपाली जनताले संविधानसभा निर्वाचनमा उल्लेख्य मत दिएर आफ्नो दललाई सेना समायोजनलगायत महत्वपर्ूण्ा निर्ण्र्ााो जिम्मेवारी दिएको समेत बताए । सेना समायोजनबारे अनावश्यक विवाद सृजना गरिएको बताए । माओवादी जनसेनालाई नेपाली सेनामै समायोजन गरिने दाबी गरे । शान्ति सम्झौतामा सेना समायोजन स्पष्ट उल्लेख भएपनि त्यसलाई अपख्याख्या गर्न खोजिएको बताए ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा गजुरेलले जनगणतन्त्र ल्याइछाड्ने दाबी गरे ।

    0 comments: