वीरगंज, ६ कात्तिक/ सिन्तेज एमएम टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनल खेलमा भैरहवा ६ विकेट, २ रनले विजयी भएको छ ।
आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा आयोजित सो प्रतियोगितामा टस जितेर भैरहवाले वीरगंजलाइ ब्याटिङ गर्न दिएको थियो ।
वीरगंजले १९.३ ओभरमा १० विकेट गुमाउंदै ८१ रन मात्र बनाउन सक्यो भने भैरहवाले १७.२ ओभरमा ४ विकेट गुमाउदै ८३ रन बनाउदै ६ विकेटले विजयी भएको हो ।
आजको सेमीफाइनल खेलमा भैरहवाको विजय थापा म्यान अफ दि म्याच घोषित भएका छन् । एउटा पनि लिग म्याच नहारेको भैरहवाले आज सेमिफाईलनमा पनि आप\mनो जितलाई अग्रता दिदै वीरगंजलाई हराएको हो ।
वीरगंजको यस निराशाजनक पराजयसंगै प्रतियोगिताबाट बाहिरिएको छ । भोलिको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल विराटनगर र काठमाडौंबीच हुनेछ ।
ज्योति स्पिनिङ मिलका मजदुरद्वारा विरोध पर््रदर्शन
वीरगंज, ६ कात्तिक/ बहुराष्ट्रिय कम्पनी ज्योति स्पिनिङ मिल व्यवस्थापन पक्ष्ँले खारेजीको निर्ण्ँय गर्दै बन्द गरेको विरोधमा मजदुरहरुले विरोध जुलुस पर््रदर्शन गरेका छन् ।
आज ज्योति स्पिनिङ मिलका मजदुरहरुले वीरगंजको घण्टाघरबाट विरोध पर््रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सर्ाा प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र वुझाएका हुन ।
ज्ञापन पत्रमा व्यवस्थापन पक्षले विभिन्न गलत कर्ुतर्क राखी कारखाना बन्द गर्दा ११ सय श्रमिकहरुको रोजीरोटीमाथि खेलवाड गरेको उल्लेख छ ।
व्यवस्थापन पक्षले मिलमा लगाएको तालावन्दी अविलम्ब नखोले कडा संर्घष्ामा उत्रने चेतावनी ज्योति स्पिनिङ मिल एकाइ समितिहरुका अध्यक्ष रामसुनर महतो, हरेन्द्र महतो, दिनेशप्रसाद कर्ुर्मी, धु्रप राउतले दिएका छन्।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment