वीरगंज भंसारमा सिसिटिभी जडान

Posted on
  • Oct 23, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ कात्तिक/ नेपालको प्रमुख प्रवेशद्वारमा रहेको वीरगंज भंसार कार्यालयको दैनिक कार्य सम्पादनलाई पारदर्शी बनाउन सिसिटिभी जडान गरिएको छ ।
    शंकराचार्य प्रवेशद्वारदेखि विद्यापति चोकसम्मको क्षेत्रमा हुने गतिविधिलाई अवलोकन गर्न सिसिटिभी जडान गर्न लागेको हो ।
    वीरगंज भंसार कार्यालयको प्रमुख भंसार अधिकृतको कोठा, फार्म शाखा, डिआरपी शाखा यात्रु शाखा, लोकल शाखा, भंसार यार्डमा भित्रिने र भंसार यार्डबाट बाहिरिने २ र ३ नं. गेट, भंसार प्रज्ञापनपत्र भर्ने स्थानलगायत ९ स्थानमा ९ वटा सिसिटिभी जडान गरिदै गरेको प्रमुख लेखा अधिकृत लिगलले बताए । उनले छठ अगाडि सवै स्थानमा सिसिटिभी जडान भइसक्ने भंसार बताए ।
    भंसार कार्यालय र युएनडिपीको संयुक्त लगानीमा सिसिटिभी जडान भइरहेको बुझिएको छ ।
    गत कात्तिक १ गतेबाट वीरगंज भंसार कार्यालय अगाडिको मेनरोडबाट खुलेयाम प्रहरी र भंसार कर्मचारीको संरक्षणमा ह“ुदै आइरहेको भंसार चोरी पैठारीलाई नियन्त्रण गरिएको छ । वीरगंज भंसार नाकाबाट भित्रिने सवै बस्तुमा भंसार महसुल लिने व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरीको पर्ूण्ा निगरानीमा भंसार चोरी निकासी पैठारी धन्दालाई नियन्त्रण गर्न खोजिएको छ ।
    सशस्त्र प्रहरीको सक्रियताले झोले, पोके तस्करदेखि महिनाबारी प्रहरी, प्रशासनलाई बुझाएर तस्करी लाइन २ नं. धन्दा सञ्चालन गर्ने ठूला तस्करसम्ममा यतिखेर हडकम्प मच्चिएको छ ।
    वीरगंजमा तस्करहरूले नेताहरूलाइ मिलाएर प्रहरी, प्रशासनका कर्मचारीहरूलाई महिनाबारी, हप्तावारी र पटके रकम बुझाएर विगत ५ वर्षेखि गरिदै आएको तस्करी धन्दा रोकिएला त -
    यसैवीच इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरुले घुस संकलन गरेको अभियोगमा कात्तिक १ गते पूरै सेट सरुवा गरिए पछि ५ दिनसम्म नयां प्रहरी सेटले घुस संकलन कार्य बन्द गरे पनि आजबाट घुस संकलन सुरु गरेका छन् ।
    इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरीहरुले भारतबाट वीरगंजतर्फ आइरहेको भारतीय नम्बरको लोडेड ट्रकलाई इन्ट्री गर्दा प्रत्येक ट्रकसंग भारु ५० का दरले हाम्रँ समाचारदाता अगाडि घुस लिएका छन् । आज बिहान अन्दाजी ११ः३० बजे भारतबाट नेपालतर्फ प्रवेश गरेका लोडेड ट्रक बीआर १ जी ८५३३, बीआर १ जी १९९७, बीआर १ जी ९६१३, आरजे १९, जी ९८५१ संग भारु ५० लिएर रजिस्टरमा इन्ट्री गरेका थिए ।

    0 comments: